भैरहवा, १४ फागुन ।
डीबी पुनद्धारा लिखित “शीतका थोपा थोपा टिपेर” नामक छोटा कविता संग्रह पुस्तकको शनिवार भैरहवामा एक कार्यक्रमकाबीच विमोचन गरिएको छ ।
पुस्तकको पश्रित प्रतिष्ठान नेपालका अध्यक्ष कपिलदेव लामिछाने, लेखककी नातिनी लिसारा पुन, प्राज्ञ बुंद राना,डा. गितु गिरी साहित्यकार वनमाली निराकार, विजय सागर श्रेष्ठ, डिल्लीराज भट्टराई लगायतले विमोचन गर्नुभएको हो ।
लेखक पुनको परिवारको व्यवस्थापन तथा प्रतिष्ठानको आयोजनामा गरिएको विमोचन कार्याक्रममा पुस्तकको समीक्षा मुरारी पराजुलीले गर्नुभयो । डीबी पुनको तेस्रो पुस्तकको रुपमा प्रकाशनमा आएको यस कविता संग्रहमा छोटा कविता समावेश गरिएको श्रीष पुनले जानकारी दिनुभयो । कार्यक्रममा धन्यावाद ज्ञापन श्रीष पुन तथा कार्यक्रमको संचालन साहित्यकार रुद्र ज्ञवालीले गर्नुभएको थियो । सो अवसरमा स्रजक पुन तथा उहांकी धर्मपत्नी सीता पुनलाई सम्मान समेत गरिएको थियो ।