भैरहवा जेठ ६,
सिद्धार्थ साहित्य परिषद् रूपन्देहीको नियमित मासिक शृङ्खला अन्तर्गत २७० औं सिद्धार्थ साहित्य सङ्गम भैरहवामा सम्पन्न भएको छ ।
परिषद्का अध्यक्ष डिल्लीराज भट्टराईको अध्यक्षता ,समालोचक डाक्टर दामोदर ढकालको प्रमुख आतिथ्य एवम् प्राज्ञ बूँद रानाको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा वरिष्ठ आख्यानकार वनमाली निराकार,तेजप्रसाद पन्थ ,राधा भट्टराई ,सरु ज्ञवाली,सिर्जना खनाल ,सावित्री घिमिरे ,देवी न्यौपाने ू धीरू ,कमल पोखरेल ,अनमोल शर्मा ,कृष्णप्रसाद बस्याल ,वासुदेव पोखरेल ,सनतकुमार श्रेष्ठ ,लक्ष्मीप्रसाद अधिकारी लगायतका दर्जनौं साहित्यकारहरूले आआफ्ना रचनासहित मन्तव्य प्रस्तुत गर्दै समसामयिक नेपाली राजनीतिक क्षेत्रमा देखापरेको भुटानी शरणार्थी समस्यामा भएको भ्रस्टाचारजन्य गतिविधिप्रति आक्रोश प्रकट गर्दै जनताको पक्षमा सम्पूर्ण साहित्यकार , कलाकार एकजुट हुन आह्वान गरेका समेत गरेका थिए । ्
प्रमुख अतिथि ढकालले नेतृत्वकर्तामा नैतिकता गुमेको र समाज गन्तव्यहीनयात्रामा अगाडि बढेकोमा चिन्ता प्रकट गर्नुभयो । कार्यक्रममा प्राज्ञ रानाले स्रष्टाहरू कुनै पनि दलको पछि नलागी सत्य र न्यायको पक्षमा सिर्जना गर्न तथा भ्रष्टाचार एवम् अपराधिक गतिविधिका विरूद्ध एकजुट हुन आह्वान गर्नुभयो ।
कार्यक्रम परिषद्का सहसचिव कृष्णप्रसाद बस्यालको स्वागत र सचिव लक्ष्मीप्रसाद अधिकारीको सञ्चालनमा सम्पन्न भएको परिषद्का सदस्य देवी न्यौपाने ू धीरू ले बताउनुभएको छ।