Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

सिद्धार्थ साहित्य परिषद् द्धारा बिभिन्न साहित्य पुरस्कार बितरण


  • लुम्बिनी चिन्तन
  • आषाढ ३१, २०८० आइतवार
  • 494
    SHARES

सिद्धार्थ साहित्य परिषद् द्धारा बिभिन्न साहित्य पुरस्कार बितरण


भैरहवा असार २९/
सिद्धार्थ साहित्य परिषद्  सिद्धार्थनगर रूपन्देहीले २१० औं भानु जयन्ती बिभिन्न कार्यक्रम गरि सम्पन्न गरेको छ । 
परिषदका अध्यक्ष डिल्लीराज भट्टराईको अध्यक्षता तथा वरिष्ठ साहित्यकार ऋषिराम भुसालको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा बिभिन्न ब्याक्तिहरुद्धारा स्थापना गरिएको पुरस्कारहरु बितरण गरिएको थियो । 

sahitee 3.jpg
कार्यक्रममा विशिष्ट अतिथि परिषदका सल्लाहकार प्राज्ञ बुद राना , अतिथि परिषदका सल्लाहकार प्रा डा कपिलदेव लामिछाने पुरस्कार मूल्याङ्न संयोजक भरतकुमार पोखरेल लगायतको उपस्थितीमा बिभिन्न पुरस्कारहरु बितरण गरिएको थियो । 
कार्यक्रममा सिद्धार्थ साहित्य पुरस्कार २०७९ बाट राजेन्द्र आचार्य , सकला सिद्धार्थ वाङ्मय पुरस्कार २०७९ बाट चोलेश्वर शर्मा  ,  टेकबहादुर पन्थी स्मृति साहित्य पुरस्कार  २०७९ बाट गङ्गा लिगल , विष्णुमाया हटवाल साहित्य पुरस्कार २०७९ बाट तिलक लामिछानेलाई सम्मानित गरिएको थियो । 

sahitee 2.jpg
त्यसैगरी सिद्धार्थ साहित्य सम्मान – २०७९ बाट सिर्जना खनाल , सुरज घिमिरे दीपशिखा, दलबहादुर गुरुङ, विष्णुप्रसाद गजुरेल , बलराम शर्मा , र हरिप्रसाद अधिकारी लाई सम्मानित गरिएको थियो । 
समाजका पूर्व उपाध्यक्ष देवी न्यौपाने धीरको संयोजन , उपाध्यक्ष बिजय पाण्डेको स्वागत तथा सचिव लक्ष्मी अधिकारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

add sai 26.jpg


लुम्बिनी चिन्तन

थप समाचार