Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

आस्था महिला उद्यमी संघ रुपन्देहीको आयोजनामा शुक्रबारदेखि भैरहवामा १० दिने वाध्यवादन तालिम सुरु


  • लुम्बिनी चिन्तन
  • श्रावण ११, २०८१ शुक्रवार
  • 488
    SHARES

आस्था महिला उद्यमी संघ रुपन्देहीको आयोजनामा शुक्रबारदेखि भैरहवामा १० दिने वाध्यवादन तालिम सुरु

भैरहवा, साउन ११ । आस्था महिला उद्यमी संघ रुपन्देहीको आयोजनामा शुक्रबारदेखि भैरहवामा १० दिने वाध्यवादन तालिम सुरु भएको छ । तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले महिलालाई शिक्षा र सीपमा जोड दिनुपर्ने बताइन् । उनले कला–संस्कृतिको संरक्षणमा विशेष ध्यान दिनुपर्ने बताइन् ।
त्यस्तै विशिष्ट अतिथि चेम्बर अफ कमर्श (उद्योग व्यापार संगठन), रुपन्देहीका पूर्वअध्यक्ष नारायण प्रसाद भण्डारीले आस्था महिला उद्यमी संघले समयअनुकुल तालिम आयोजना गरेको बताए । उनले संघले विभिन्न किसिमका तालिमहरु सञ्चालन गर्दै आएको बताए । आस्था महिला उद्यमी संघकी अध्यक्ष मिनिता थापा क्षेत्रीले संस्थाले महिलाको क्षमता अभिवृद्धिका लागि विभिन्न तालिम सञ्चालन गर्दै आएको बताइन् ।
WhatsApp Image 2024-07-26 at 5.45.20 PM.jpegउनले मौलिक कला–संस्कृतिको संरक्षणका लागि वाध्यवादन तालिमले टेवा पुर्याउने विश्वास व्यक्त गरिन् । नेपाली कला–संस्कृतिको आफ्नै पहिचान भएको उनको भनाइ छ । कार्यक्रम संयोजक तथा आस्था महिला उद्यमी संघकी कार्यसमिति सदस्य विष्णु पन्थीको स्वागत, तृतीय उपाध्यक्ष कल्पना खनालको धन्यवाद ज्ञापन तथा संघकी महासचिव पवि खनालको सञ्चालनको सञ्चालनमा भएको कार्यक्रममा संघकी संस्थापक अध्यक्ष विन्दु न्यौपाने, रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरकी पूर्वअध्यक्ष सावित्री गुरुङलगायतले भनाइ राखेका थिए । ७५ जनाको सहभागीता रहेको तालिमको सहजीरण प्रशिक्षक किशोर वि.क.ले गर्ने संघले जनाएको छ ।


लुम्बिनी चिन्तन

थप समाचार