Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

नवौं लुम्बिनी राष्ट्रिय महोत्सवको तयारी तिव्र, मेलास्थलमा सचिवालय स्थापना


  • लुम्बिनी चिन्तन
  • मंसिर ५, २०८१ बुधवार
  • 274
    SHARES

नवौं लुम्बिनी राष्ट्रिय महोत्सवको तयारी तिव्र, मेलास्थलमा सचिवालय स्थापना

भैरहवा मंसिर ५/
मंसिर २० गतेदेखि संचालन हुने ‘नवौं लुम्बिनी राष्ट्रिय महोत्सव–२०८१’ का लागि बुधवारदेखि महोत्सव स्थलमा महोत्सव सचिवालयको स्थापना गरिएको छ । सिद्धार्थनगर नगरपालिका–८, अंचलपुरस्थित महोत्सव स्थलमा स्थापना गरिएको उक्त सचिवालयको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले उद्घाटन गरे ।

संघको आयोजनामा ‘पर्यटन, उद्योग, कृषि र व्यापार, राष्ट्रिय समृद्धिको आधार’ भन्ने मूल नाराका साथ पुस १ गतेसम्म संचालन हुने उक्त महोत्सव सम्पन्न नहोउञ्जेल महोत्सव संचालन सम्बन्धि र संघको अन्य प्रशासनिक सवै काम अव त्यही सचिवालयबाट हुनेछ ।

सचिवालयको उद्घाटन गर्दै संघका अध्यक्ष श्रेष्ठले पछिल्ला दिनमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट केही अन्तर्राष्ट्रिय उडान संचालन भएपछि केही चलायमान बनेको भैरहवा क्षेत्रमा यो महोत्सवका कारण थप चलायमान बन्ने बताए ।

महोत्सवमा विभिन्न सेवा तथा बस्तुका ३ सयवटा स्टल रहने जानकारी संघले दिएको छ । लुम्बिनी प्रेस क्लबका कार्यबाहक अध्यक्ष कमल रायमाझीले संघले संचालन गर्न लागेको उक्त महोत्सवले आर्थिक मन्दीले सुस्ताएको औद्योगिक तथा व्यवसायिक क्षेत्रमा आर्थिक चलायमान भइ केही हदसम्म सुधार आउने बिश्वास व्यक्त गरे ।

रुपन्देहीलाई पर्यटकीय, औद्योगिक तथा व्यापारिक केन्द्रको रुपमा बिस्तार गर्न, यस क्षेत्रको विभिन्न जाती तथा समुदायको कला संस्कृतिको संरक्षण गर्दै बिशेषगरि सिद्धार्थनगर र लुम्बिनीमा देशको आन्तरिक र बाह्य पर्यटन प्रबद्र्धन गर्ने, विभिन्न जिल्लाका मौलिक तथा बिशिष्टता पहिचान भएको बस्तु तथा उत्पादनको प्रदर्शनी तथा प्रबद्र्धन गर्ने मुख्य उद्देश्य यस महोत्सवको छ ।

संघका बरिष्ठ उपाध्यक्ष नेत्रप्रसाद आचार्यले महोत्सव अवलोकन गर्नका लागि उत्साहित बनाउने बतावरण तयार गरि महोत्सवमा भएका गतिबिधिलाई उजागर गरिदिन संचारकर्मीहरुलाई आग्रह गर्दै महोत्सव अवधिमा स्थानीय उत्पादन तथा व्यवसाय प्रबद्र्धन गर्नका लागि विभिन्न बिषयगत बिज्ञसहितको अन्तरक्रिया तथा छलफल कार्यक्रम गरेर महोत्सवलाई सार्थक बनाइने दावी गरे ।

महोत्सव तयारी स्वरुप अहिले स्टल निर्माण, मंच व्यवस्थापन, प्रचारप्रसार लगायतका काम तिव्र गतिमा भइरहेको महासचिव कृष्णप्रसाद घिमिरेले जानकारी दिए । 

 


लुम्बिनी चिन्तन

थप समाचार