Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

सैनामैनामा बन्ने भयाे पहिलाे शीत भण्डार, निर्माण सुरु 


  • लुम्बिनी चिन्तन
  • चैत्र २९, २०७७ आइतवार
  • 1.1K
    SHARES

सैनामैनामा बन्ने भयाे पहिलाे शीत भण्डार, निर्माण सुरु 

सैनामैना । सैनामैना नगरपालिकामा कृषि बजार पुर्वधार निर्माण अन्तरर्गतको शीत भण्डारण गृहको निमार्ण कार्य सुरु भएको छ । नगरको कृषि बिकास तथा बजारीकणमा टेवा पुग्नेगरी कृषि बजार पुर्वधार निर्माण अन्तर भण्डारण गृहको निर्माण थालिएको हो । सैनामैना वार्ड नं ३ मा शीत भण्डार बन्न लागेको हो । शनिबार एक कार्यक्रमबा बीच सैनामैनाका नगर प्रमुख चित्रबहादुर कार्कीले शीत भण्डारको शिलान्यस गरेका छन् । 172316002_963111767765441_1621553173304444337_n.jpg

शिलायन्स गर्दै नगर प्रमुख कार्कीले कृषकहरुलाई सहज र सुबिधा पुर्याउने उद्धेश्यले शीत भण्डार निर्माण सुरु गरिएको बताए । सैनामैनामा कृषिलाई उच्च प्राथमिकतामा राखेर बिभिन्न योजनाहरु कार्यान्वयन गर्दै आएको  उनको भनाई थियो ।  उनले नगरका कृषक लक्षित ११ वटै वडामा कृषि पाठशाला संचालन भएको जानकारी समेत गराए । यसैगरी कृषकहरुलाई हाते टेक्टर वितरण, अनुदानमा बिउ वितरण तथा पूर्वाधारण निर्माणलाई जोड दिइएको, किसानहरुलाई समय–समयमा अनुदानमा बीउबिजन समेत उपलब्ध गराउँदै आएको नगरप्रमुख कार्कीले बताए । 

२३ मिटर लम्बाई, १५ मिटर चौडाई र ४८ मिटर उचाई रहेको शीत भण्डारको आधुनिक प्रबिधिको हुने नगरपालिकाका प्राविधिक प्रदिप गिरीले बताए । ६५ लाख ५१ हजार रुपैयाँमा लक्ष्मी एण्ड सुजल निर्माण सेवाले यो बर्ष  पहिलो चरणको सिविल वर्क को काम सम्पन्न गर्ने बताइएको छ । 

०७७ चैत ९ गते ठेक्का सम्झौता भएको उक्त योजनाको २०७८ असार १५ सम्ममा निर्माण सम्पन्न हुने छ । १ करोड ९६ लाख लागत अनुमान गरिएको उक्त शित भण्डार निर्माणको हाल  पहिलो चरणको काम हुने छ । इलेक्ट्रीकल, मेकानिकल र रेफ्रिरेशनको काम भने दोस्रो चरणमा सम्पन्न हुने नगरपालिकाले जनाएको छ । t cold store1618124091.jpg

कार्यक्रममा एमालेका जिल्ला सदस्य नर बहादुर घर्ती मगर, नेपाली काग्रेसका जिल्ला उपसभापति फणेन्द्र प्रसाद शर्मा, माओवादीका मन बहादुर महत ,गाउ नगर कृषक समुहका शेर बहादुर केसी लगायतले बोल्नु भएको थियो । कार्यक्रम सैनामैनाका कार्यापालिका सदस्य सबिता भुषाल भण्डारीको अध्यक्षतामा तथा सैनामैैनाका कर्माचारी लक्ष्मी खनालको संचालनमा सम्पन्न भएको थियो । 


  • सम्बन्धित विषय:

  • # सैनामैना

  • लुम्बिनी चिन्तन

    थप समाचार