भैरहवा, असार ९ ।
सिद्धार्थ साहित्य परिषद्, भैरहवा रूपन्देहीको आयोजनामा नियमित रूपमा प्रत्येक महिनाको पहिलो शनिबार हुँदै आएको साहित्यिक कार्यक्रम अन्तर्गत २९३ औं सिद्धार्थ साहित्य सङ्गम सम्पन्न भएको छ।
परिषद्को सिद्धार्थनगर–९, मिस्रौलियास्थित विश्वप्रेम काफ्ले स्मृति साहित्य सदनमा आयोजना गरिएको कार्यक्रममा ूयोग एवम् सङ्गीत दिवसू विशेष कवि गोष्ठी सम्पन्न भएको थियो।
कार्यक्रममा परिषद्का अध्यक्ष तथा समालोचक डिल्लीराज भट्टराईको अध्यक्षता रहेको थियो भने कवि कमल पोखरेल ूनिश्छलू प्रमुख अतिथि रहनुभएको थियो।
कार्यक्रममा सहभागी साहित्यकारहरूले गीत, कविता, मुक्तक, हाइकुजस्ता रचनाहरू वाचन गर्दै योग र सङ्गीतले स्वास्थ्य र सशक्त जीवनशैलीमा पार्ने प्रभावबारे सन्देश प्रस्तुत गनुभएको थियो । साथै, नेपाली लोकसंस्कृतिको संरक्षणमा अहिलेको पुस्ता सक्रिय हुनुपर्ने र सामाजिक तथा राजनीतिक विकृति–विसङ्गतिका विरुद्ध साहित्यमार्फत् आवाज उठाउनु आवश्यक रहेको धारणा व्यक्त गरीएको थियो ।

रचना वाचन तथा मन्तव्य व्यक्त गर्ने साहित्यकारहरूमा रुद्र ज्ञवाली, उमेश रिजाल, सरु ज्ञवाली, देवी न्यौपाने ूधीरू, सीता काफ्ले, लक्ष्मीप्रसाद अधिकारी, कृष्णप्रसाद बस्याल, सिर्जना खनाल, तिलक लामिछाने, कमल पोखरेल ूनिश्छलू, दीपक प्रधान, लता प्रधान, हृदय लेकाली, युवराज खनाल, राधा भट्टराई, सावित्री घिमिरे, गङ्गा घिमिरे, नीमा डिसी, रामराज गौतमलगायत दुई दर्जनभन्दा बढी साहित्यकारको सहभागिता रहेको थियो।
कार्यक्रम परिषद्का सदस्य देवी न्यौपाने धीरको संचालन र कोषाध्यक्ष सीता काफ्लेले स्वागत मन्तव्यमा सम्पन्न भएको थियो।