Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

कविता : गर्मी 


  • लुम्बिनी चिन्तन
  • माघ २९, २०७७ बिहिवार
  • 1.5K
    SHARES

कविता : गर्मी 

अबिर खालिङ


आगोको साइरन बजाएर

हाम्रो शहरमा पसेको छ
लु को बुट बजार्दै
गरेको छ आनन्दको चिरहरण
रिक्सवालाको खोपिलामा च्यापिएर
घुमिहिडेको छ शहरमा
ज्यामीको निधारमा
भरियाको थाप्लोमा
टलक्क टल्केको छ उस्को हाँसो
सडकको छातीमा सल्केको छ उसको सास
वातानुकुलित कोठाबाट फुत्त वाहिर निस्केर
किन अँठ्याको निर्बल श्रमिकको निर्बल निस्सहाय प्राण
किन चुसेको खेतमा सपना रोप्ने किसानको
शरीरको पानी ।
सडकको पेटीमा गिट्टी कुट्ने मजदुरको
किन चाख्न खोजेको खुन

वान्टेड आतंककारी भएर
पसेको छ उ हाम्रो ठाउँमा
अपहरण गरेको छ
हाम्रो जाँगर /जोश र सान्ति


लुम्बिनी चिन्तन

थप समाचार