Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

व्यङ्ग्य कविता : आउँदिन भाषण सुन्न


  • लुम्बिनी चिन्तन
  • माघ २९, २०७७ बिहिवार
  • 1.3K
    SHARES

व्यङ्ग्य कविता : आउँदिन भाषण सुन्न

प्रकाश सापकोटा


झण्डा बोकिएन कि
नारा घोकिएन कि
जस-जसलाई देखाइदिनुभो
उसैलाई गएर ठोकिएन कि
के गरिएन ?

ब्यानर कसिएन कि
धर्ना बसिएन कि
हजुरलाई जोगाउँदा ढाल बनेर
पटक पटक आफू फसिएन कि
के गरिएन ?

टायर बालिएन कि
खम्बा ढालिएन कि
जुन तघारा र बार भत्काउन भन्नुभो
ती सबै उखलेर फालिएन कि
के गरिएन ?

सभा जुटाइयो
परिवार फुटाइयो
हजुरकै जीउ धन र इज्जत बचाउन
जटिल जटिल जोखिम उठाइयो
ए हजुर !
आखिर के पाइयो ?

राणाले देशै खाए
पन्चेले लुछे, चपाए
अलिअलि बँचेको पनि
राजाले सप्पै सिध्याए
हजुरले जे जे भन्नुभो
हामीले ‘हो’मा हो मिलायौँ
देश र जनताको भविष्य बचाउन
सत्ता खोसेर हजुरलाई दिलायौँ
ए हजुर !
खै त आखिर के पायौँ ?

पुग्यो, अब पुग्यो
उफ्रन, चिच्याउन, कराउन
सिट्ठी फुकेर, ताली बजाएर
हौस्याउँदै हजुरलाई उत्तेजित गराउन
पटक पटक मौका माग्नु भो
दिएकै हो
दुखी जिन्दगी दुखैले जिउँला
जिएकै हो
भोट कति हालियो हालियो
सकिएन सद्दे चुन्नलाई
भो हजुर, पुग्यो !
आउँदिन अब भाषण सुन्नलाई


लुम्बिनी चिन्तन

थप समाचार