Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

मुक्तक


  • Sobizpress SuAdmin
  • माघ ३०, २०७७ शुक्रवार
  • 2.6K
    SHARES

मुक्तक

मुक्तक

पढेर सकिदैन जिन्दगी पढाई जारी छ
खस्ने छुट त छँदै छैन चढाई जारी छ
समस्यासँगको जुधाई त रहेछ जिन्दगी
बाँच्नकै लागि पलपल लडाईं जारी छ


मूलबाटोमा बसेर आङ कन्याएको कत्ति सुहाउन्न
नामको नाममा बदनामी गनाएको कत्ति सुहाउन्न
राजा अरे रानी अरे भगवान इश्वर परमेश्वर अरे
मानिसको पहिचान अर्कै बनाएको कत्ति सुहाउन्न


मह काढिन्छ अनि काढिने हात चाटाचाट गरिन्छ
दिउँला र लिउँलाको फुर्के डोरी बाटाबाट गरिन्छ
नपाउँदा बिलौना र पाउँदा बढाईं नगर्नुस् महोदय
यहाँ त सम्मान र पुरस्कार पनि साटासाट गरिन्छ ।

रूद्र ज्ञवाली


Sobizpress SuAdmin

He is chief editor of our media and continously working for society.

थप समाचार