Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

अनेरास्ववियू रुपन्देहीद्धारा एसइई परीक्षमा उत्तीर्ण विद्यार्थीलाई सम्मान, एसइईमा मौका परीक्षा दिने विद्यार्थीलाई केपी ओलीको अनलाइन कक्षा


  • लुम्बिनी चिन्तन
  • आषाढ २०, २०८१ बिहिवार
  • 336
    SHARES

अनेरास्ववियू रुपन्देहीद्धारा एसइई परीक्षमा उत्तीर्ण विद्यार्थीलाई सम्मान, एसइईमा मौका परीक्षा दिने विद्यार्थीलाई केपी ओलीको अनलाइन कक्षा

बुटवल असार २०।

एसइईमा मौका परीक्षामा सहभागी हुने विद्यार्थीका लागि पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले अनलाइन कक्षा सञ्चालन गर्ने भएका छन् । अध्यक्ष ओलीले सबै विद्यार्थीलाई अनलाइन कक्षामा सहभागी हुन आग्रह गर्दै दक्ष र अनुभवी शिक्षकबाट निःशुल्क रुपमा आफूले कक्षा सञ्चालनको व्यवस्था गरेको जानकारी गराए ।

अनेरास्ववियू रुपन्देहीले जिल्लामा ४ जीपीए ल्याउने २ जना विद्यार्थीसहित ३ दशमलव ६ जीपीय ल्याउने १०२८ विद्यार्थीलाई सम्मान गरेको हो । सो अवसरमा बोल्दै एमाले अध्यक्ष ओलीले आगामी शैक्षिक यात्रा छनोट गर्दा आफूले चाहेको र आफ्नो क्षमता अनुसार अघि बढ्न आग्रह गरे ।

हरेक मानिसमा फरक फरक क्षमता हुने बताउँदै उनले आफ्नो क्षमता पहिचान गरेर अघि बढ्नु पर्ने विद्यार्थीहरुलाई सुझाब दिए । आफ्नो लक्ष्य प्राप्तिका लागि सधै इमान्दार भएर लाग्न आग्रह गर्दै अध्यक्ष ओलीले जीवनमा कहिल्यई पनि घमण्ड गर्न नहुने सुझाब दिए । घमण्डले ज्ञान हासिल गर्ने कुरा वा सफलतालाई छेकेर राख्ने उल्लेख गरे ।


लुम्बिनी चिन्तन

थप समाचार