Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

श्री संस्कृत विद्या संन्यास आश्रमको अधिवेशन सम्पन्न , अध्यक्षमा पौडेल


  • लुम्बिनी चिन्तन
  • आश्विन ३, २०८१ बिहिवार
  • 644
    SHARES

श्री संस्कृत विद्या संन्यास आश्रमको अधिवेशन सम्पन्न , अध्यक्षमा पौडेल

भैरहवा असोज ३ ।
श्री संस्कृत विद्या संन्यास आश्रम, भैरहवाको ३० औं साधारण सभा तथा १० औं अधिवेशन बुधबार सम्पन्न भएको छ । अधिवेशनले भविलाल पौडेलको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा खगराज आचार्य, उपाध्यक्षमा मंगल भण्डारी, महासचिवमा सुरेन्द्र बस्याल, सचिवमा दीपकराज श्रेष्ठ र कोषाध्यक्षमा बालकृष्ण अधिकारी रहेका छन् । त्यस्तै सदस्यहरुमा सीता श्रेष्ठ, अरुण कुमार गोयनका र अरुण मिश्रा रहेका छन्  ।
परम पूजनीय पीठाधीश श्री १००८ स्वामी शान्तानन्द सरस्वती महाराजको सानिध्यमा तथा आश्रम व्यवस्थापन समितिका अध्यक्ष डी।आर। शर्माको अध्यक्षतामा भएको कार्यक्रममा अतिथिहरुले आश्रमको सेवा र संस्कृत शिक्षाको प्रसारमा निरन्तर समर्पण गरिरहेका सदस्यहरूलाई बधाई ज्ञापन गरे । उनीहरुले नयाँ समितिलाई आश्रमको दीर्घकालीन योजनाहरु कार्यान्वयन गर्दै, संस्कृत संस्कृतिको संरक्षण र प्रवर्धनमा अझ योगदान पुर्याउने अपेक्षा गरे ।
सस्कृत बिधा संन्यास आश्रम भैरहवा को ३० औं साधारण सभा तथा १० औं अधिबेशन सम्पन्न भएको छ । 

सो अवसरमा सस्कृत बिधा संन्यास आश्रमका कोषाध्यक्ष बालकृष्ण अधिकारीले सभापतिको प्रतिबेदन पेश गरेका थिए । सिद्द्रार्थनगर नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्षले यस आश्रमलाइ अगडि बढाउनको लागि सहयोग गरिरहेको र थप सहयोगको प्रतिबद्धता जनाए । 
त्यस्तै १००८ स्वामी शान्त नन्द सरस्वती पिठाधिशले आफ्नो अगाडि पछाडि कोहि र केहि नभएको मात्र यस आश्रमलाइ कसरि अगाडि बढाउने र बटुकहरुलाइ यहा आएर बिधा आर्जन गर्नुमा गर्ब महसुस गराउन सक्नु आफ्नो सोच भएको बताए । यस पबित्र स्थान बिधा आश्रम भित्र आउदा राजनिति बाहिर राखेर आउन सम्पुर्णमा अनुरोध गरे । कार्यक्रका सभापति डि आर शर्माले आश्रम यहाँ सम्म आउनुमा धेरै को सहयोग रहेको बताउदै अझै अगाडि बढ्न नगरपालिकालेपनि सहयोग गरेको तथा अझै सहयोगको आवस्यकता परेको बताए ।  

 

 


लुम्बिनी चिन्तन

थप समाचार