कृष्ण अन्जान / रुरु । लिचि किसान हरुले आफ्नै पहलमा व्यापारी बोलाएर नेपालकै एकमात्र लिचि गाउँ च्यूरेकको लिचि बिक्री बितरण शुरु गरेका छन ।
रुखमै लिचि कुहिने भयो हामिले व्यापारी सँग अनुरोध गर्यौँ र सस्तै मुल्यमा भएपनि लिचि बेच्यौँ किसानलाई हेर्ने कुनै सँस्था भएन अनि आफै प्रयास गरियो रुरुक्षेत्र १ च्यूरेककि राधिका ज्ञवालीले भन्नु भयो ।
लिचि गाउँका किसानका लिचि कुहिन थालेपछि मनले मानेन चिनेको ब्यापारी लाई बोलाएर लिचि खरिद गर्ने व्यवस्था मिलाईदिएको छु रुरुक्षेत्र १ च्यूरेकका लिचि अभियन्ता कृष्ण बहादुर बिकले भन्नु भयो ।
समस्या परेको बेला सहयोग गर्ने हो सँघ सँस्था निकाए सबै आवस्यक पर्दा हो काम लाग्ने कसैले पहल गरेझै मानिन मैले चिनेका व्यापारीलाई भनेको छु च्यूरेकको लिचि तिनै व्यापारीले उठाएर बुटवल मण्डिमा पुर्याएका छन ।
लिचि अभियन्ता कृष्ण बहादुर विक को पहलमा आएका व्यापारीले लिचिको गुणस्तर हेरि गाउँमा प्रतिकिलो पचास देखि साठी सम्म खरिद गरेर प्रतिदिन एक गाडि लाने गरेका छन ।
व्यक्तिको तर्फबाट भएपनि यसरी लिचि खरिद गर्न व्यापारी बोलाईदिएर धेरै राम्रो र मानविय काम भएको रुरुक्षेत्र गाउँपालिका १ का समाजसेवि पदम बहादुर विश्वकर्माले भन्नु भयो ।
कोभिड सँक्रमणको भयावहता र लकडाउनमा च्यूरेकी लिचि किसान हरु बोटमै लिचि कुहिने चिन्ताले ग्रसित भईरहँदा बुटवल क्षेत्रका व्यापारी आएर लिचि लान थालेपछि किसान लिचिको सस्तै मुल्यमा बिके पनि खुशि देखिन्छन ।