Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

फष्ट लाफा ईन्टर फुटसलको उपाधि लुम्बिनी फुटसललाई 


  • लुम्बिनी चिन्तन
  • फाल्गुण ७, २०७७ शुक्रवार
  • 1.0K
    SHARES

फष्ट लाफा ईन्टर फुटसलको उपाधि लुम्बिनी फुटसललाई 

बुटवल । रुपन्देहीमा सम्पन्न फष्ट लाफा ईन्टर रुपन्देही फुटसल प्रतियोगिता २०७७ को उपाधि लुम्बिनी फुटसलले हात पारेको छ । लाफा समुहको आयोजनामा योगिकुटीस्थित लुम्बिनी फुटसल एरिनामा शुक्रबार भएको फाईनल खेलमा चपरहट्टी एफसीलाई २(१ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो । उपाधिसंगै उसले नगद ३० हजार, कप, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता चपरहट्टी नगद १५ हजार, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो । लुम्बिनीको जितमा रेशम चौहान र निरज थापाले गोल गरेका थिए । चपरहट्टीका अनुप गुरुङले सान्त्वना गोल गरेका थिए । 
प्रतियोगितामा लुम्बिनीका  कुशल गुरुङ सर्वोत्कृष्ट खेलाडी, लुम्बिनीकै उत्कृष्ट गोलकिपर अमन पुन, लुम्बिनीकै रेशम चौहान ९ गोल गर्दै सर्वाधिक गोलकर्ताबाट पुरस्कृत भए। 
एक समारोहका बिच रुपन्देही फुटसल संघका अध्यक्ष राजु पुन, फुटबल प्रशिक्षक याम गुरुङ, लाफाका सल्लाहकार केशव राना, खेल संयोजक प्रविन थापा दर्लामी, संयोजक वारिस रानाले विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।
फुटसल खेलमा नेपालको पछिल्लोसमय राम्रो प्रदर्शनसंगै उमेर समुहका खेलाडी उत्पादनमा अग्रसर रहेको रुपन्देही फुटसल संघका अध्यक्ष राजु पुनले बताए । 
स्थानिय खेलाडीलाई प्रोत्साहन गर्ने उदेश्यका लाफा समुहले वार्षिक क्यालेण्डर अनुसार खेलकुद गतिविधिसंगै सामाजिक कार्य गर्दै आएको छ । जिल्लाका करीब १८ टिम सहभागी रहेको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार