भैरहवा । भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा २४ वर्ष पछि डे नाइट(दिन र रात) क्रिकेट प्रतियोगिता शनिबार हुन लागेको छ ।
रंगशालाकाे इतिहासमा अहिले सम्म दोस्रो पटक हुन गइरहेको डेनाइट क्रिकेट प्रतियोगिता लियो क्लब अफ सिद्धार्थनगरकोे आयोजनामा हुन गइरहेको हो । यस अघि २०५३ सालमा नेपालकै पहिलो खेल सेतो बल रङगीन कपडामा डेनाइट प्रतियोगिता भएको थियो । मेलवर्न क्रिकेट क्लबको आयोजनामा गोल्डेन टाइगर डेनाइट क्रिकेट टुर्नामेन्ट प्रतियोगिता हालका रुपन्देही क्रिकेट संघका अध्यक्ष तथा प्रतियोगिताको संयोजक प्रशान्त विक्रम मल्ल, यूवा उद्यमी आशा गुरुङ र धिरेन्द्र पन्त लगायतका यूवा नेतृत्वले २४ वर्ष अगाडि नै गरेका थिए । नेपालकै ऐतिहासिक खेलको रुपमा रहेको उक्त प्रतियोगितामा एक लाख १४ हजार बाट विधुत्तीय बत्ती ६ वटा टावरबाट उज्यालोको व्यवस्थापन गरिएको थियो, ४ वटा टिम सहभागी सो प्रतियोगिता तिरुपति क्रिकेट क्लबले जितेको थियो ।
लियो क्लब अफ सिद्धार्थनगरले शनिबार भैरहवामा आयोजना गर्न लागेको प्रतियोगिता पनि ऐतिहासिक हुनेछ । सिद्धार्थ क्रिकेट रंगशालामै दोस्रो पटक २४ वर्ष पछि हुन लागेको डेनाइट प्रतियाेगिता टेनिस बलकाे सुपर सिक्स प्रतिायोगिता हाे, याे फिल्डकाे लागि अहिले सम्मकै ऐतिहासिक नै हुने रुपन्देही क्रिकेट संघका अध्यक्ष मल्लले भने ।
अायाेजक क्लबले भैरहवामा पत्रकार सम्मेलन गरी प्रतियाेगिताबारे जानकारी गराएकाे छ । यस पटक १२ वटा बैक क्षेत्रकाे टिमलाइ सहभागी गराइ कर्पोरेट टिमलाई ४ समूहमा विभाजन गरिएकाे छ । लिग चरणामा हुने ४ समूहको खेल मध्ये उत्कृष्ट ४ वटा टिम बीच उपविजेता र फाइनल प्रतियोगिता हुनेछ । प्रतियोगिता आईसीसी सुपर सिक्स टुर्नामेन्टको नियम अनुसार क्रिकेट एसोसिएसन अफ रुपन्देहीको प्रविधिक सहयोग र समन्वयमा हुन गइरहेको कार्यक्रम संयाेजक सन्देश केसीले जानकारी दिए ।
प्रतियोगितामा तिनाउ विकास बैंंक, नबिल बैंक, एनएमबी बैकं, नेपाल इन्भेष्टमेन्ट बैंक, लक्ष्मी बैक, सिद्धार्थ बैक, ग्लोबल आइएमई बैक, महालक्ष्मी बैक, शाइन रेसुङ्गा बैक, कृषि विकास बैक, मुक्तिनाथ बैक र आइसिएफसी बैंक सहभागी रहेको लियो क्लब अफ सिद्धार्थनगरका अध्यक्ष समिर पौडेलले बताए ।
भैरहवाको इतिहासमा २४ वर्ष पछि डेनाइट प्रतियोगिता गराइदै छ । फिल्ड खाली नभएकोले नयापन दिनका लागि पनि डेनाइट प्रतियोगिता आयोजना गर्न लागेका छौ । लायन्स क्लब अफ भैरहवा लुम्बिनीको मुख्य प्रायोजन तथा बज अटो मोबाइल्स, इकारा एजुकेशन कन्सल्टेन्सी, एयरर्पोट भ्यु रेष्टुरेन्ट र आइडियल डिजाइन कन्स्ट्रक्शनले सह–प्रायोजन गरेको छ । भैरहवा टिभी मिडिया पार्टनर रहेको सो प्रतियोगिताको विजेताले बीस हजार, उपविजेताले दश हजार र म्यान अफ द सिरिजले नगद रू पाच हजार सहित प्रमाण्पत्र, ट्रफी पाउने छन ।
विगत १२ वर्षदेखि गरिँदै आएको कर्पोरेट प्रतियोगिताले यस पटक यस क्षेत्रका बैंकहरूकाे सहभागितामा मात्र हुन गइरहेकाे छ , एक आपसी भाइचारा स्थापित गर्दै क्रिकेट प्रतिभाहरुलाई प्रस्फुटन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिदै अाएकाे छ, यसले समग्र क्रिकेटको विकास गर्ने, सामाजिक क्षेत्रमा क्रियाशिल युवाहरु बिचमा आपसी भाइचारा स्थापित गर्दै, सम्बन्ध बिकास हुने क्लबका पूर्व अध्यक्ष अरूण पन्थीले बताए ।
यस क्षेत्रमा विगत १६ बर्ष देखि क्रियाशिल यो संस्था भोकमरी, वातावरण, युवा, आँखा सम्बन्धी सामाजिक कार्य गर्दै आइरहेको छ ।