Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

यू–१९ महिला क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान


  • लुम्बिनी चिन्तन
  • मंसिर ५, २०८१ बुधवार
  • 276
    SHARES

यू–१९ महिला  क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान


भैरहवा, मंसिर ५ ।
नेपाली यू–१९ महिला टोलीकी सदस्य तृष्णा  विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान गरिएको छ । 
नेपाललाई विश्वकपमा पुर्याउन महत्वपूर्ण योगदान गरेको भन्दै बुधबार रुपन्देही क्रिकेट संघले भैरहवामा नगदसहित सम्मान गरेको हो ।
रुपन्देहीको ओमसतिया गाउँपालिका–१ निबासी विश्वकर्मालाई संघले ११ हजार १११ रुपैयाँ नगदसहित प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो । 
विश्वकर्मा सम्मलित नेपाली राष्ट्रिय महिला टिमले युएईमा सम्पन्न यू–१९ विश्वकप छनोट खेलमा जित निकाल्दै नेपाललाई विश्वकपमा पुर्याएको थियो । 
आगामी जनवरी महिनामा मलेशियामा हुने विश्वकपमा नेपालको यू–१९ टिम पनि खेल्ने छ ।
क्रिकेटर विश्वकर्मालाई सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारी, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा, संघका संस्थापक प्रेमकुमार सेन्चुरी, नेपाल क्रिकेट संघका पूर्वकार्यबाहक सचिव प्रशान्तविक्रम मल्ल लगायतले सम्मान गरेका हुन् ।
सम्मानित भएपछि विश्वकर्माले आफूले आफ्नो टिमको जितका लागि सधैं प्रयास गर्दै आएको र विश्वकपमा पनि अझ राम्रो गर्ने बताईन ।


लुम्बिनी चिन्तन

थप समाचार