भैरहवा मंसिर १२/
कालिका पब्लिक हाई स्कुलको आयोजनामा दोस्रो कालिका कप टि टेन क्रिकेट प्रतियोगिता २०८१ बुधबार देखी सुरु भएको छ । मायादेवी आयोजना भएको प्रतियोगिताको उद्घाटन मायादेवी गाउँपालिका प्रमुख धुव्रनारायण चौधरीले गरेका थिए ।
प्रतियोगितामा ओमसतिया गाँउपालिका, सियारीगाँउपालिका, मायादेवीगाँपालिका र सिद्धार्थनगर नगरपालिकाबाट १६वटा टिमले सहभागीता जनाएको छ ।

बुधवार आयोजित पहिलो खेलमा कालिका पब्लिक हाई स्कुल र भेनस इ।बो। स्कुल विच भएको थियो जसमा भेनस इ।बो। स्कुल विजयी भएका थिए । दोश्रो खेलमा मैनहिया मा।वि। र गुरुवानीमाई विद्यालय विच भएको थियो जसमा मैनहिया मा।वि। विजयी भएको थियो । यसैगरी तेश्रो खेल भने सुण्डी मा।वि। र वृहस्पति इ। बो स्कुल विच भएको थियो । उक्त खेलमा सुण्डी मा।वि। विजयी भएको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै कालिका पब्लिक हाई स्कुल प्रिन्सिपल विष्णु कुमार थापाले गाँउपालिका प्रमुख धुव्रनारायण चौधरीसंग क्रिकेटको लागि मायादेवी गाँउपालिका भित्र न्यूनतम पूर्वाधार वनाउन आग्रह गरेका थिए ।
यसैगरी कार्यक्रममा मायादेवी गाउँपालिका प्रमुख चौधरीले खेलको लागि केही योजनाहरु वनिसकेको र बाकीयोजना चाडै बन्ने बताए ।
प्रतियोगिता उद्धघाटनका अवसरमा विद्यालयका शिक्षिका तथा कक्षा १०का विद्यार्थीहरुले नृत्य प्रस्तुती गरेका थिए ।