Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

माननीय कपको उपाधी सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ लाई


  • लुम्बिनी चिन्तन
  • जेठ ९, २०८२ बिहिवार
  • 364
    SHARES

माननीय कपको उपाधी सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ लाई


भैरहवा जेठ ८,
भैरहवामा जारी प्रथम माननीय कपको उपाधी सिद्धार्थनगर नगर पालिका वडा नम्बर ९ ले जितेको छ । बिहिबार भैरहवामा सम्पन्न खेलमा सिनपा ९ ले सिनपा ६ लाई ४५ रनले पराजित गर्दै कप उचालेको हो । 
बिहिबार नै सम्पन्न सेमीफाइनल खेलमा सिनपा ६ ले सिनपा १२ लाई र सिनपा ९ ले सिनपा १ लाई हराउदै फाईनल यात्रा तय गरेका थिए । फाईनल खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको सिनपा ९ ले निर्धारित १० ओभरको खेलमा ८ विकेट गुमाउदै १२१ रन बनाएको थियो । 
१२२ रनको लक्ष्य सहित मैदान छिरेको सिनपा ६ निर्धारित पुरै ओभर खेल्न सकेन । ९ दशमलव ४ ओभरमा अलआउट हुदै सिनपा ६ जम्मा ७६ रन मात्र बनाउन सक्यो । जित संगै सिनपा ९ ले नगद ५१ हजार संगै आकर्षक ट्रफि हात पारेको छ भने उपविजेता सिनपा ६ ले २५ हजार नगदसंगै ट्रफि हात पारेको छ । 
सामाजिक विकास डिभीजन कार्यालय रुपन्देहीको आयोजनामा रुपन्देही क्षेत्र नम्बर ३(१) अन्तरगतको प्रथम माननीय कप क्रीकेट प्रतियोगिता आइतबारबाट सुरु भएको थियो । क्षेत्र अन्तरगत रहेका १८ वटा वडा, जन प्रतिनिधि र सन्चारकर्मी गरि २० वटा टोली विच प्रतियोगिता आयोजना गरिएको थियो । 
प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका पुर्व गृहमन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य सन्तोष कुमार पाण्डेले लुम्बिनी प्रदेशमा रहेका क्रिकेट खेलका प्रतिभावान खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर सरकारी स्तरबाट दिइनु पर्ने बताएका छन् । 
आउदो बर्ष यस प्रतियोगितालाई लिग स्तरको बनाइने र अहिले १८ वटा टिम सहभागी रहेकोमा आगामी बर्ष ४० वटा टिम सहभागी बनाइने उनले जनाए । 
युवा जगत बिदेशीएर युवा विहीन देश हुन लागेको अहिलेको अवस्थालाई मध्यनजर राखेर खेलकुद, कृषि, उद्यमशिलता लगायत्का माध्यमबाट बिदेशिने क्रमलाई रोक्न सक्नुपर्नेमा उनले जोड दिए । यसकालागि लुम्बिनी प्रदेशस्तरिय युवा सम्मेलनको आयोजना गर्न लागिएको जानकारी उनले दिए । सामाजिक विकास डिभीजन कार्यालय रुपन्देहीका प्रमुख हरि बहादुर बिष्टले युवामा खेलप्रति रुचि जगाइ खेलको माध्यमबाट स्वस्थ्य राख्न यो प्रतियोगिताको आयोजना गरिएको बताए । 

यस खालको खेल प्रतियोगिताले खेलप्रति श्रृजनशिलता र जागरुकता पैदा भइ यस क्षेत्रमा राष्ट्रिय÷अन्तराष्ट्रिय  स्तरका खेलाडी तयार पार्ने जग बनोस् भन्ने उद्देश्य यो प्रतियोगिताको रहेको उनले जनाए । 
समापनका अवसरमा पत्रकारिताको माध्यमबाट समाजमा बिकास पुर्याएको भन्दै लुम्बिनी प्रेस क्लवका संस्थापक अध्यक्ष माधव ढुंगाना, पुर्व अध्यक्ष दिपेश पछाइ र संस्थापक उपाध्यक्ष मनोरञ्जन शर्मालाई सम्मानित गरिएको थियो ।  


लुम्बिनी चिन्तन

थप समाचार