Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

नेपाल र रुसबिचको पुरानो सम्बन्धलाई पुनःताजगीकरण र मैत्रीपूर्ण खेल सकारात्मक हुनुपर्छ : प्रधानमन्त्री ओली


  • लुम्बिनी चिन्तन
  • श्रावण ८, २०८१ मंगलवार
  • 548
    SHARES

नेपाल र रुसबिचको पुरानो सम्बन्धलाई पुनःताजगीकरण र मैत्रीपूर्ण खेल सकारात्मक हुनुपर्छ : प्रधानमन्त्री ओली

भैरहवा, साउन ०८ । प्रधानमन्त्री केपी शर्मा ओलीले रुसको महिला भलिबल टोलीसँग आज भेटघाट गरेका छन । मंगलबार भएको भेटमा प्रधानमन्त्री ओलीले पारस्परिक लाभ र सम्मानका आधारमा नेपाल र रुसबीचको पुरानो सम्बन्धलाई पुनःनवीकरण गर्नुपर्ने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले दुई देशबीच सोभियत सङ्घ हुँदादेखि नै रुसबाट नेपालले शिक्षा, यातायातलगायत क्षेत्रमा सहयोग प्राप्त गरेको बताए।उनले खेलकुदको क्षेत्रमा रुस अग्रपङ्क्तिमा रहेको बताए। दुई देशको भलिबल टोलीबीच मैत्रीपूर्ण खेल हुनु सकारात्मक भएको चर्चा गर्दै प्रधानमन्त्री ओलीले खेलका माध्यमबाट पनि आपसी सम्बन्ध विस्तारमा योगदान पुग्ने बताए। प्रधानमन्त्रीले रुसको प्रसिद्ध ‘ ग्रेट मस्को सर्कस’ नेपालको मौलिक नृत्य, ‘अर्केष्ट्रा’ संस्कृतिको आदानप्रदानमा निरन्तरता हुनुपर्नेमा जोड दिएका प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। ed1c3d02-5946-4ce7-8450-97e807c38836_dnxSXfQJ1d.jpg 


लुम्बिनी चिन्तन

थप समाचार