भैरहवा, साउन ०९ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पद तथा गोपनियताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ खुवाएका हुन् ।
मुख्यमन्त्री आचार्यले शपथ खाएसँग ८ सदस्यीय मन्त्रीपरिषद् गठन गरेका छन् । नवनियुक्त आठै जना मन्त्री विना विभागिय हुन् । नवनियुक्त मन्त्रीहरुलाई कुनै जिम्मेवारी दिइएको छैन । आठै जना मन्त्रीले पद तथा गोपनियताको शपथ खाएका छन् ।
आचार्यलाई सोमबार प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री नियुक्त गरेका थिए । आचार्यलाई मुख्यमन्त्री बनाउन एमाले र कांग्रेसका ५६ सांसदको समर्थन छ । यहाँ ८७ सदस्यीय प्रदेश सभा छ । अर्घाखाँचीबाट निर्वाचित आचार्य यसअघिका प्रदेश सरकारमा तीनपटक मन्त्री बनेका थिए ।