प्ररणा वासफोर नेपाल । भैरहवा, साउन ३० । लुम्बिनी प्रादेशिक अस्पताल नेतृत्वबिहीन हुँदा दैनिक प्रशासनिक काम कारवाहीमा मात्र होइन स्वास्थ्य सेवा प्रवाहमा समेत असर परेको छ । करिब ११० वर्ष पुरानो अस्पतालले दैनिक हजारौँको संख्यामा स्वास्थ्य सेवा दिँदै आएको छ । आठ सयभन्दा बढी कर्मचारी रहेको यस अस्पताल नेतृत्वबिहीन हुँदा आर्थिक तथा प्रशासनिक काम कारबाहीका साथै स्वास्थ्य सेवा प्रवाहमा असर पर्दा सरोकारवालाको ध्यान जान सकेको छैन ।
प्रदेशको १२ वटा जिल्लालाई प्रतिनिधित्व गरेको यस अस्पताल राजनीतिबाट अछुतो रहन सकेन । स्वास्थ्यजस्तो गम्भीर विषयमा समेत राजनीति गर्दा अस्पतालले नेतृत्व पाउन नसकेको हो । प्रत्यक्ष जनताको सरोकारसँग गासिएको विषयमा समेत सरोकारवाला कानमा तेल हालेर बसेका छन् । देशमा जसरी केन्द्रदेखी लिएर प्रदेश र स्थानीय तहसम्म राजनीति गिजोलिएको छ । यसको प्रत्यक्ष नकारात्मक असर अस्पतालमा समेत परेको छ । अस्पतालमा भएको राजनीतिले जनताको स्वास्थ्यमाथि नै खेलवाड गरेको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालमा गएको जेठ १८ गते लुम्बिनी प्रदेश सरकारको निणर्यबाट दशौं तहका मेडिकल सुपरिटेण्डेन्ट डा इन्द्र ढकाललाई मेडिकल सुपरीडेन्डन (मेसु)मा नियुक्त गर्यो । जसकारण अस्पतालमै कार्यरत अर्का डा विष्णु गौतमले आफू ११ औं तहको हुँदाहुँदै दशौं तहकोलाई मेसु नियुक्त गरिएको भन्दै सर्वोच्चमा मुद्दा दायर गर्नु भयो । सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै मुद्दाको अन्तिम टुंगो नलागेसम्म मेसुको काम कारबाहीमा रोक लगाउँदै यथास्थितिमा राख्न भनेको छ ।
सर्वोच्चले गरेको निर्णयले गर्दा जनाताको स्वास्थ्य, जनताले पाउनुपर्ने सेवा सुविधा प्रभावित भएको लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष अजयमान श्रेष्ठले बताउनु भयो। स्वास्थ्य जस्तो संवेदनशील विषयमा एउटा सरकारले गरेको निर्णयलाई अर्को सरकारले मिच्दै जाँदा न्यायसंगत नभएको अध्यक्ष श्रेष्ठको भनाई छ ।
अध्यक्ष भन्नुहुन्छ, ‘यदि व्यवस्थापन समितिलाई राम्रोसँग चलायमान गराउने हो भने उहाँहरुको कार्यकाल पुरा गर्न दिनुपर्छ, जनतासंग जोडिएको संवेदनशील विषयमा खेलवाड नगर्न मेरो आग्रह छ ।
यस अस्पतालमा संघ सरकारले पनि ठूलो बजेट लगानी गरेको छ । अर्बाैँंको परियोजना सञ्चालनमा रहेको छ । तत्काल दैनिक काम नरोक्नेगरी मन्त्रीस्तरीय निणर्यबाट मन्त्रालयका स्वास्थ्य निर्देशक डा. विनोद गिरीलाई थप जिम्मेवारी दिइएका डा. गिरीले बताउनु भयो । डा. गिरीका अनुसार ‘अस्पताल अहिले साँघुरो अवस्थामा छ । अस्पतालको नयाँ भवन निर्माण गर्ने क्रममा छाँै, पुरानै भवनबाट सेवा दिँदै गर्दा अलि बढी नै घुइँचोे देखिरहेको छ ।
त्यसको तत्काल हामी समाधान देख्दैनौँ ।’बिरामीको चाँप हाम्रो राम्रो कामको परिणम हो । जसलाई सहज बानाउन बिहान ७ बजेदेखी लिएर बेलुका ५–६ बजेसम्म अस्पतालका चिकित्सकहरुले बिरामीको सेवामा सहयोग गरिरहनु भएको छ । साथै लुम्बिनी प्रदेशिक अस्पताललाई कसरी राम्रो बनाउने हो अहिले त्यसतर्फ ध्यानदिन आवश्यक छ । अन्यथा जनताको स्वास्थ्य सेवामाथि हुने राजनीति र बेइमानीले कसैले भलो गर्ने छैन, यसतर्फ सबै सचेत र चनाखो हुन आवश्यक छ ।