Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

रवि लामिछाने पक्राउको विरोधमा भैरहवामा प्रदर्शन


  • लुम्बिनी चिन्तन
  • कार्तिक ३, २०८१ शनिवार
  • 388
    SHARES

रवि लामिछाने पक्राउको विरोधमा भैरहवामा प्रदर्शन

भैरहवा कार्तिक ३। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई राजनीतिक प्रतिशोध राखेर पक्राउ गरिएको भन्दै रुपन्देहीको भैरहवामा पार्टीका नेता–कार्यकर्ताहरूले विरोध सभा गरेका छन् । रास्वपा जिल्ला कार्यसमिति रुपन्देहीको आयोजनामा शनिबार भैरहवाको बुद्धचोकमा विरोध सभा गरिएको हो ।  

विरोध सभामा जिल्ला सभापति बुद्धि प्रसाद शर्मा, बुटवल उपमहानगरपालिका सभापति राजन पाण्डे,  तिलोत्तमा नगर सचिव कृष्ण तिवारी लगायत सहभागी दिए । सो क्रममा उनीहरूले वास्तविक सहकारी ठगलाई कारवाहीको नभएको तर, राजनीतिक प्रतिशोध राखेर रवि लामिछानेलाई पक्राउ गरिएको दावी गरे ।


लुम्बिनी चिन्तन

थप समाचार