Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

चिरुवा दाउराले हानेर एक युवाको हत्या, तीन अभियुक्त  पक्राउ


  • लुम्बिनी चिन्तन
  • आषाढ १७, २०७८ बिहिवार
  • 862
    SHARES

चिरुवा दाउराले हानेर एक युवाको हत्या, तीन अभियुक्त  पक्राउ

बुटवल । आपसी विवादमा युवाहरु बीच झगडा पर्दा एक युवाले ज्यान गुमाएका छन् । प्युठानको प्युठान नगरपालिका १० कोटका २४ वर्षिय नगेन्द्र पुनलाई स्थानीय युवाहरुले चिरुवा दाउराले हानेर हत्या गरेका छन् ।

आक्रमणमा परी गम्भीर घाइते भएका २५ वर्षिय सुरेस बस्नेतको यूनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यलय प्युठानले हत्या आरोपमा ३ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा मल्लरानी गाउँपालिका–३ धनुबाँसका १८ वर्षिय रेम बहादुर घर्तीसहित प्युठान नगरपालिका–१० नेपानेका १७ र १५ वर्षका दुई बालक रहेका छन् ।

यही असार १३ गते मृतक ‘हेमन्त’ भन्ने नरेन्द्र पुनसहित गम्भिर घाइते सुरेश बस्नेतले आफ्नो दिदीको गोठ बनाउने काम गएर घर फर्किने क्रममा नेपाने गाउँका युवाहरुसँग विवाद गरेका थिए । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार उनीहरु स्थानीय ढेब्रि पसलमा मादक पदार्थ सेवन गरी घर तर्फ जाँदै गर्दा अभियुक्तहरुलाई अश्लिल शब्दले गाली गलौज गरेका थिए । गाली गलौज गरेको भन्दै अभियुक्त ३ जना युवाहरुले बाटो कुरेर मृतक नरेन्द्र र सुरेसलाई चिरुवा दाउराले हानी आक्रमण गरेका थिए ।

रातको करिब साढे ९ बजे भएको यो घटनापछि अभियुक्तहरु त्यहाँबाट आफ्नो घरमा गई सुतेका थिए । घटनामा संलग्न रेमबहादुर भने अभियुक्त बालक मध्ये एक बालको घरमा गई सुतेका थिए । असार १४ गते भोलिपल्ट विहानै स्थानीयहरुले नगेन्द्र र सुरेसलाई बाटोमा लडिरहेको अवस्थामा भेटेका थिए । नगेरन्द्र मृत्यु भइसकेको थियो भने गम्भीर घाइते सुरेसलाई जिल्ला अस्पता बिजुबजार पठाइएको थियो । उक्त अस्पतालले थप उपचारका लागि रुपन्देहीको मेडिकल कलेज भैरहवामा रिफर गरेको थियो ।


  • सम्बन्धित विषय:

  • # जिल्ला प्रहरी कार्यालय

  • लुम्बिनी चिन्तन

    थप समाचार