Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

स्व. चौधरी सहित प्रदेशका ४ पत्रकार सम्मानित


  • लुम्बिनी चिन्तन
  • आषाढ २५, २०७८ शुक्रवार
  • 850
    SHARES

स्व. चौधरी सहित प्रदेशका ४ पत्रकार सम्मानित

बुटवल ।  लुम्बिनी प्रदेश सरकारले प्रदेशका ४ पत्रकारलाई सम्मान गरेको छ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले मुख्यमन्त्री कार्यालय बुटवलमा बिहिबार एक कार्यक्रमको आयोजना गरी दाङका सुशील गौतमलाई अग्रज पत्रकारिता पुरस्कार, रुपन्देहीका हिक्मत चौधरीलाई मरणोपरान्त, बाँकेकी अक्षरी पोखरेल र गुल्मीका जनार्दन घिमिरेलाई सिर्जनशील पत्रकारिता पुरस्कारले सम्मान गरेको हो।

अग्रज पत्रकारिता पुरस्कार १ लाख राशीको पुरस्कार हो भने सिर्जनशील पत्रकारिता पुरस्कार ५० हजार राशीको पुरस्कार हो। कोभिडका कारण ज्यान गुमाएका चौधरीको नाममा श्रीमती उदयदेवी कँवरलाई नगद ५० हजार बराबरको पुरस्कार राशी प्रदान गरिएको छ।

लुम्बिनी प्रदेशका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरी र आन्तरिक मामिला तथा कानून मन्त्री चेतनारायण आचार्यले पत्रकारहरुलाई नगद राशीसहित प्रमाणपत्र र दोसल्लाले सम्मान गरेका छन्।

प्रदेश सरकारले रुपन्देहीका पत्रकार डिआर घिमिरेको संयोजकत्वमा विमला चौधरी र केबी घिमिरे सदस्य रहेको ३ सदस्यीय छनोट समिति बनाएको थियो।


लुम्बिनी चिन्तन

थप समाचार