भैरहवा । रोटरी इन्टरनेश्नल डे को अवसरमा रुपन्देहीमा खुल्ला हाफ म्याराथन हुने भएको छ ।
स्वास्थ्यका लागि खेलकुद भन्ने मुलमन्त्रलाई आत्मसाथ गर्दै फागुन २२ गते बुटवल देखि भैरहवा २१ दशमलव १ किलोमिटर दुरीको खुल्ला हाफ म्याराथन हुने भएको हो । रोटरी क्लब अफ भैरहवाको आयोजना, मारुति फुडपार्क काठमाण्डौ गेट प्रिमियर बासमती राईसको मुख्य प्रायोजन र नेपाल अम्बुजा सिमेन्टको सहप्रायोजनमा हुने म्याराथन बुटवल नेपालगंज रोडबाट सुरु भई भैरहवा समापन हुनेछ ।
शनिबार क्लबले पत्रकार सम्मेलन गरि म्याराथनको तयारीबारे जानकारी गराएको छ ।२ वर्ष अघि विश्व पोलियो दिवसको अवसरमा इण्ड पोलियोको नारा सहित १२ किमीको दौडमा सफलता पाएँगै यस वर्ष हाफ म्याराथन नै आयोजना गर्न लागेका छौ । प्रतियोगितामा देशैभरबाट २ सय जना खेलाडीहरुको सहभागिता रहने रोटरी हाफ म्याराथनका संयोजक राजकुमार गुप्ताले जानकारी दिए ।

लुम्बिनी प्रादेशिक अस्पतालको उत्तर ढोकाबाट शुरु भई सिद्धार्थ राजमार्गको शंकरनगर, मणिग्राम, कोटिहवा, पडसरी, अंचलपुर, बुद्घचोक, बर्मेलीटोल, नारायणस्थान पथ हुँदै सानू डिपार्टमेन्टल स्टोर चोकमा समापन हुने आयोजकले जानकारी दिएको छ ।कोरोना भाइरसले आक्रन्त पारेको समयमा अन्य क्षेत्रसँगै खेल क्षेत्रलाई पनि व्युताउने प्रयासका साथ प्रतियोगिता आयोजना गरिरहेका छौ, म्याराथनका विजेताले नगद १ लाख, उपविजेताले ७५ हजार, तेस्रो स्थान हासिल गर्नेले नगद ५० हजार तथा सान्त्वना पुरस्कार दुईजनालाई नगद ५ हजार १ सय रुपैयाबाट पुरस्कृत गरिने संयोक गुप्ताले जानकारी दिए । महिला खेलाडी सहभागीताका लागि क्लबले विजेता नभएपनि उत्कृष्ट ३ जना महिला धावकहरुलाई नगद पुरस्कारको समेत व्यवस्था गरिएको उनले बताए ।
आजैबाट अनलाइन मार्फत सहभागिताको नाम दर्ता खुला भएको र २१ गते शुक्रबार बेलुका ५ बजे सम्म दर्ता गराइसक्नु पर्नेछ । प्रतियोगिताको सहआयोजकको रुपमा रोटरी क्लब अफ बुटवल, रोटरी क्लब अफ बुटवल रुपन्देही, सेन्ट्रल लुम्बिनी, बुटवल डाउनटाउन, बुटवल साउथ, सेन्ट्रल बुटवल, लुम्बिनी सिद्धार्थनगर, सेन्ट्रल रुपन्देही, पाल्पा लुम्बिनी लगायतका रोट्रयाक्ट क्लबहरुको सहकार्य रहनेछ । प्रतियोगितालाई सफल बनाउन बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर नगरपालिका र तिलोत्तमा नगरपालिकाले पनि सहकार्य गर्ने, धावकहरुको २ लाखको दुर्घटना तथा स्वास्थ्य विमा लुम्बिनी जनरल इन्स्योरेन्सले गरेको छ ।
क्लबले स्वस्थ्य, शिक्षा, खेलकुद लगायतका क्षेत्रमा काम गर्दै आएको छ । अहिलेको प्रतियोगितालाई व्यवस्थित गराउन म्यााराथनका किर्तिमानी धावक बैकुण्ठ मानन्धरको संयोजकत्वमा सबै अन्तराष्ट्रिय धावकहरु सदस्य रहने गरी प्रविधिक कमिटी बनाइएको छ ।