भैरहवा। भानु माध्यमिक बिद्यालयले ४५ औ बार्षिक उत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण गरेको छ ।
सिद्धार्थनगर वडा नम्बर ९ स्थित विद्यालय परिसरमा २ सय १३ जना गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृति प्रदान गर्दै विद्यालयले बार्षिकोत्सव मनाएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि अधिकारीले सामुदायिक विद्यालय मध्ये नगरकै उत्कृष्ट विद्यालयको सूचिमा रहेको बताए । विद्यार्थी र विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि नगरपालिका र आफू प्रतिबद्ध रहेको बताउदै बालबालिकाको शैक्षिक विकासको लागि अभिभावक, समुदाय र सम्बन्धित सम्पूर्ण पक्ष भुमिका खेल्नु पर्ने बताए । उनले शिक्षक मात्रैको प्रयासले शैक्षिक अवस्था सुधार गर्न नसकिने बताउदै यसका लागि अभिभावक, बिद्यालय व्यवस्थापन समिति पनि जागरुक भएर लाग्नु पर्ने बताए स्थानीय सरकारको पनि उत्तिकै भूमिका रहेको बताउदै यसकाल लागि आफु सदैव तयार रहेको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फैज अहमद खानको अध्यक्षता, सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न अभिभावक दिवसमा शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका प्रमुख दिपेन्द्र ढकाल, शिक्षा शाखा प्रमुख चेतनशिल लम्साल नेत्र आचार्य वडा नम्बर ९ का वडा अध्यक्ष शेषकान्त भण्डारी पुर्ब शिक्षक तेज प्रसाद पाण्डे, इन्दिरा शर्मा, विद्यार्थी निर्मलराज शाही लगायतले सामुदायिक विद्यालयले समाजमा पुर्याएको योगदान र समुदायको अपेक्षाको बारेमा चर्चा गएका थिए ।

सहायक प्रध्यानाध्यापक महेश प्रसाद गुप्ताको स्वागत, सहायक प्रध्यानाध्यापक पबित्र कोइरालाको संचालनमा सम्पन्न कार्यक्रममा प्रध्यानाध्यापक मोतिलाल सुबेदीले बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए । सो अवसरमा बिद्यालयमा अध्यनरत २ सय १३ जना गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाई छात्रवृति प्रदान गरिएको थियो ।
२०३३ सालमा स्थापित विद्यालयले समारोहमा दाताहरु तथा सहयोगी संघ संस्थाहरुलाई सम्मान गरेको थियो । विद्यालयमा पूर्वविद्यार्थी राम थापा, पूर्व शिक्षक तेजप्रसाद पाण्डे, समाजसेवीश्रीमती कुन्ती देवी न्यौपान, वर्तमान अध्यक्ष फैज अहमद खान, पूर्व विद्यार्थी मोहन थापा, निवर्तमान शिक्षक बसन्ती पाण्डे, लायन्स क्लव अफ सिद्धार्थनगर लगायतले भौतिक सामग्री र अक्षयकोष मार्फत विद्यालयलाई सहयोग गरेका छन भने माया पाण्डे गरिब छात्रवृतिका संरक्षक डाक्टर संजय पाण्डेले पानीको इलेक्ट्रीक जार सहयोग गरेका छन ।