भैरहवा । रुपन्देहीको मायादेवीमा आमाले छोरीको हत्या गरी आत्महत्याको गर्ने प्रयास गरेकी छन ।
मायादेवी वडा नम्बर ३ हरहरवा भन्ने गाँउकी २१ वर्षिय प्रेमा यादवले छोरीको हत्या गरी आत्महत्या गर्ने प्रयास गरेकी हुन ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार आइतबार राती ९ बजे एक बालिकाको शंकास्पद मृत्यु भएको भन्दै आफन्तले नजिकैको खोलामा लागी शव गाडेको भन्ने खबर प्राप्त भएकोमा तत्काल प्रहरीले अनुसनधान गर्दा दानव खोला नजिक शंकास्पद ठाउँ खनी हेर्दा कपडामा बेरेर बालिकाको शव गाडेको अवस्थामा भेटिएको थियो । घाटीमा शंकास्पद दाग देखा परेको उक्त बालिकाको मृत्यु सामान्य नभएको देखिएपछि भैरहवा भिम अस्पताल पोस्टमार्टमका लागि पठाइएको थियो ।
मृतककी आमा प्रेमा यादवले पहिले छोरीको हत्या गरी आफुले आत्महत्या गर्ने मनसाय बनाई आफ्नो कोठामा रहेको पंखामा बाधीएको डोरीले बालिकाको घाँटीमा बाधी हत्या गरी आफुले समेत सोही डोरी मार्फत आत्महत्या गर्ने प्रयास गरेका हुन । प्रेमा कि नन्दले आत्महत्या गर्न खोजेको देखेपछि डोरी काटी बचाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक सत्य नारायण थापाले जानकारी दिए ।
बालिकाको मृत्यु भएपनि घटनाको अनुसन्धान भइरहेको छ । घटनामा रुपन्देही मायादेवी गा.पा.३ हरहरवाको मृतककी आमा प्रेमा यादव , ससुरा बुद्धिराम यादव, सासु राजमती यादव, श्रीमान राज कुमार यादव र प्रेमाको साथी भनिएको प्रेमी लुम्बिनी सांस्कृतिक न.पा. ९ का प्रदिप चौधरी अहिले प्रहरी नियन्त्रणमा छन, घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
घटना विवरण
स्रोतका अनुसार प्रेमा यादव र लुम्बिनी सांस्कृतिक नगरपालिका ९ बस्ने प्रदिप चौधरी बीच प्रेम सम्बन्ध थियो । प्रेम सम्बन्ध भएपनि पे्रमिकाको विवाह राजकुमार यादव सँग भयोे । विवाहको ७ महिनामै बच्चा जन्मिएपछि श्रीमानले श्रीमति माथी शंका गर्न थाले । सोही विषयलाई लिएर दुबै विच केही समय खटपट र झगडा भए पनि अअवस्था सामान्य हुदै गयो । केही समय पछि प्रेमाको प्रेम सम्बन्ध परपुरुष सँग रहेको खबर राजकुमारले पाए, उनीहरुबीच कुराकानी हुने खबरको सुइको पनि उनले पाए । हुदा हुदै श्रीमान श्रमतिको खटपटको विषयमा पनि प्रेमाको चौधरी बीच कुरा भइरहेको खबर राजकुमारले पाए । जन्मिएको बच्चा मेरो नभई चौधरीको हो भन्ने सन्देश उनीहरुको कुराकानीबाट थाहा पाएपछि श्रीमान श्रीमति बिच पुनः खटपट सुरु भयो । उनीहरु बीच झगडा हुन थाल्यो , श्रीमतिमा एकोहोरीने र माइग्रेशनको समस्या जस्तो देखिन थाल्यो । तनावमा रहेकी प्रेमाले छोरीलाई मार्ने र आफु पनि मर्ने योजना बनाई समस्या समाधान हुने विबल्प रहेको भन्दै योजाना बनाइन । घरमै दुवै जना एउटै पासोबाट हत्या र आत्महत्या गर्ने योजना बनाई एका तर्फ छोरीलाई पासो लगाई अर्को तर्फ आफु आत्महत्या गर्ने प्रयास गरिन । हत्या र आत्महत्याको प्रयास गरेकी उनको योजना विफल भयो । छोरीको तत्काल मृत्यु भएपनि प्रेमाको आवाज सुनेर उनको नन्दले डोरी काटेर ज्यान बचाइन । परिवारको सदस्यहरु मिलेर एक वर्षिय बालिकालाई नजिकै नदी किनारमा कपडामा बेरेर गाडे पछि घटना बाहिरीयो ।