Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

भारतका वित्त राज्यमन्त्री मनकामना दर्शनमा 


  • लुम्बिनी चिन्तन
  • कार्तिक १, २०७८ सोमवार
  • 480
    SHARES

भारतका वित्त राज्यमन्त्री मनकामना दर्शनमा 

भारतका वित्त राज्यमन्त्री पंकज चौधरीले मनकामना मन्दिरको दर्शन गरेका छन् । आइतबार दिउँसो करिब साडे ३ बजे चौधरी मनकामना मन्दिर पुगेका थिए । ‘दर्शनका लागि आउनुभएको रहेछ, करिब ५ मिनेट पूजा गर्नुभयो, आधा घण्टा मन्दिर क्षेत्र घुमेर फर्कनुभयो,’ मनकामना मन्दिरका पुजारी इन्सान थापाले भने ।  

उनको भ्रमण धार्मिक र निजी रहेको बताइएको छ । मन्त्री चौधरीलाई लक्षित गरी आइतबार दिउँसो मनकामना क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको थियो । मन्दिर दर्शनसँगै चौधरी सहितको टोलीले केबलकारको तल्लो स्टेसनमा केहीबेर बिताएका छन् । मन्त्री चौधरी आइतबार राति चितवनको रिभरसाइड रिसोर्टमा बास बस्ने तय भएको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी ओम अधिकारीले बताए ।

उनी बास बस्ने रिसोर्ट क्षेत्रमा पनि सुरक्षा व्यवस्था मजबुद पारिएको सुरक्षा स्रोतले जनाएको छ । उनी सुनौली भरहवा स्थलमार्ग हुँदै मनकामना दर्शनका लागि आएका हुन् । उनी भारतीय जनता पार्टीका नेतासमेत हुन् ।


लुम्बिनी चिन्तन

थप समाचार