बुटवल । होटल तथा रेष्टुुरेन्ट व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा रामप्रसाद गौतम निर्वाचित भएका छन । सोमबार भएको संघको २०औं वार्षिक साधारणसभा तथा १०औं अधिवेशनबाट आगामी नेतृत्वका लागि गौतमले ३४९ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी जीवन श्रेष्ठले भने २९४ मत प्राप्त गरेका छन् । गौतमले संयुक्त प्यानलका प्रत्यासी जीवन श्रेष्ठलाई ५५ मतले पछि पारेका हुन् ।
त्यस्तैगरी वरिष्ठ उपाध्यक्षमा बाबुराम गौतम विजयी भएका छन् । बाबुराम गौतमको ३८२ मत ल्याए भने, उनका निकटम प्रतिद्धन्द्धी भीमलाल न्यौपानले २४६ मत मात्र ल्याए ।
त्यस्तैगरी प्रथम उपाध्यक्षमा लेखनाथ भण्डारी ३४३ मत सहित विजयी भएका छन् । भण्डारीका प्रतिद्ध्रन्द्धी मोहनलाल पाण्डेले २९० मत मात्र ल्याए । त्यस्तै द्धियीय उपाध्यक्षमा रोमकान्त पाण्डे विजयी ३३६ मत सहित विजयी भए । उनका प्रतिद्धन्द्धी चिरञ्जीवी पोखरेलले २८३ मत ल्याए ।
त्यस्तैगरी महासचिवमा माधव कुमार खनाल ३९७ मत ल्याएर विजयी भए । खनालका प्रतिद्धन्द्धी प्रेमप्रसाद बञ्जाडेले २३५ मत मात्र ल्याए । सचिवमा अर्जुन थापा निर्विरोध भएका छन । कोषाध्यक्षमा टंक प्रसाद पराजुली ३३२ मत सहित विजयी भए । त्यस्तैगरी सहकोषाध्यक्ष खिमराज पोखरेल निर्विरोध भएका थिए ।
सदस्यहरुमा अर्जुन पोखरेल ३८०, थम्मन भण्डारी ३६०, उमेश सापकोटा ३५९, तुलसीराम पराजुली ३३३, माधव ढकाल ३३३, टंकप्रसाद पोखरेल ३२५, रामबहादुर न्यौपाने ३२१, कृष्ण प्रसाद पाण्डे ३०८, डिल्लीराज अर्याल ३०२, केशवराज कंडेल २९८, खुमराज ज्ञवाली २९३ मत सहित विजयी भएको प्रमुख निर्वाचन आयुक्त यामलाल खनालले जानकारी दिए ।