भैरहवा । नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूह निकट अखिल नेपाल राष्ट्रिय विद्यार्थी संगठन अनेरास्ववियूले श्री रुपन्देही लीलाराम न्यौपाने माध्यमिक विद्यालय , न्यू ईरा उच्च माध्यमिक विद्यालय र श्री सु संस्कृत माध्यमिक विद्यालयमा संगठन विस्तार गरेको छ । अनेरास्ववियू केन्द्रिय कमिटीको सर्कुलर अनुसार अनेरास्ववियू रुपन्देही जिल्ला कमिटीको समन्वयमा संगठन विस्तार गरिएको अनेरास्ववियू केन्द्रीय सदस्य सरोज ठकुरीले बताए ।

श्री रुपन्देही लीलाराम न्यौपाने माध्यमिक विद्यालयमा पवन न्यौपानेको अध्यक्षतामा १०१ सदस्यीय कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा सचिन रेग्मी, सचिवमा उमेश यादव, कोषाध्यक्षमा रेशमा वि.क., सह–सचिवमा सोनु के.सी., रोहित न्यौपाने, कशिष वि.क. र सह–कोषाध्यक्षमा सोनु घर्ती क्षेत्री रहेका छन् । त्यसै न्यू ईरा उच्च माध्यमिक विद्यालयमा अनिल वि.कको अध्यक्षतामा ५१ सदस्यीय कमिटी गठन गरिएको छ । जस्को उपाध्यक्षमा सादिक्षा सिहं , सचिवमा जयचन श्रीपाली , कोषाध्यक्षमा अभिशा पाण्डे , सह सचिवमा विक्की वर्मा , रिना कुवंर र श्रृष्टी गुरुङ्ग र सह कोषाध्यक्षमा सुदिप रेश्मी मगर रहेका छन् । यसै गरी श्री सु संस्कृत माध्यमिक विद्यालयमा गिता वि.कको अध्यक्षतामा ५१ सदस्यीय कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा अफरोज खान, सचिवमा शिवांशु रौनियार, कोषाध्यक्षमा आचल गुप्ता, सह–सचिवमा आस्लाम खान , धर्मदेव चाई र टेकमाया सारु रहेका छन् ।कार्यक्रममा अनेरास्ववियू केन्द्रिय सदस्य सरोज ठकुरी, भिम भण्डारी, जिल्ला सदस्य सागर न्यौपाने, सुन्दर खत्री, सुनिल खनाल, विवेक भण्डारी, क्याम्पस कमिटी सदस्य राज वाग्ले लगायतको उपस्तिथि रहेको थियो ।