Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

शैक्षिक गुणस्तर सुधार्न ओमसतियाले शिक्षकहरुको काज सरुवा गर्ने


  • लुम्बिनी चिन्तन
  • फाल्गुण २५, २०७९ बिहिवार
  • 428
    SHARES

शैक्षिक गुणस्तर सुधार्न ओमसतियाले शिक्षकहरुको काज सरुवा गर्ने


भैरहवा फागुन २५ /
रुपन्देहीको ओमसतिया गाउँपालिकाले सामुदायिक बिद्यालयहरुमा खस्किदो शैक्षिक गुणस्तर सुधार्न प्रधानअध्यापकहरु संगै अन्य शिक्षकको काज सरुवागर्ने जनाएको छ । 
राम्रो नतिजा दिन नसक्ने एवम राजनितिमा बढी लागेका प्रधानअध्यापकहरुलाई आगामी शैक्षिक सत्रमा पालिकाकै अन्य बिद्यालयहरुमा काज सरुवा गर्ने गाउँपालिकाले जनाएको छ ।
ओमसतिया गाउँपालिकामा आयोजित अन्तरक्रिया कार्यक्रममा गाउँपालिका अध्यक्ष मन्जित कुमार यादव (सोनु) कडा रुपमा प्रस्तुत भए । उनले प्रधानअध्यापकहरु बिद्यालयमा शैक्षिक क्रियाकलापमा भन्दा अन्य काममा बढी ध्यानदिएको आरोप लगाए । अब देखि ओमसतियामा लापरवाहीन चल्ने यादवले चेतावनी दिए । गाउँपालिकाले दिने सेवा सुविधा पालिकाले उपलब्ध गराउने र शिक्षकले पनि आफ्नो तर्फबाट सर्वोत्कृष्ट दिनउनले आग्रह गरे ।

add b.jpg
ओमसतिया गाउँपालिकाको शैक्षिक गुणस्तर सुधारमा पालिकाका जनप्रतिनिधि देखि कर्मचारी सम्मले ऐक्यवद्धता जनाएका छन् । गाउँपालिकाकी उपाध्यक्ष सुनिता चौधरीले शिक्षकहरुलाई राजनिति र शिक्षण पेशामा कुनै एक रोज्न सुझाव दिएकी छन । उनले पनि शैक्षिक गुणस्तरको सुधारको लागि शिक्षकको सरुवा अनिवार्य रहेकोले यस सम्बन्धि पालिकाले आफ्नै कानून बनाइ अघि बढने बताईन । 
गुणस्तरिय शिक्षाको लागि शिक्षक संगै बिद्यालय ब्यस्थापन समिति एवम अभिभावकले पनि उत्तिकै चासो दिन गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विपिन क्षेत्रीले आग्रह गरे । ओमसतिया गाउँपालिकामा १६ वटा सामुदायिक, १४ वटा संस्थागतएवम ५ वटा धार्मिक बिद्यालय रहेको बताउदै उहाले यी सबैको शैक्षिक गुणस्तरको लागिपालिका कठोर निर्णय गर्न बाध्य भएको उनले जनाए । 

add 2.jpg
ओम सतिया गाउँपालिका अध्यक्ष मन्जित कुमार यादवको अध्यक्षता एवम उपाध्यक्ष सुनिता चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष एवम पालिकाका प्रवक्ता मदन प्रसाद पोखरेल, वडा नम्बर ३ का वडा अध्यक्षप्रकाश सिंह चौधरी, वडा नम्बर ६ का वडा अध्यक्ष शिवकुमार धवल, शिक्षकको तर्फबाट राजकुमार गुरुङ्ग, महेश चौधरी, ईनल यादव लगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण पालिकाका शिक्षा शाखा प्रमुख हरि प्रसाद पोखरेलले गरेका थिए । 


लुम्बिनी चिन्तन

थप समाचार