Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

सियारीका किसानहरुलाई अनुदान रकम वितरण


  • लुम्बिनी चिन्तन
  • चैत्र १०, २०७७ मंगलवार
  • 746
    SHARES

सियारीका किसानहरुलाई अनुदान रकम वितरण

भैरहवा । रुपन्देहीको सियारी गाउँपालिकाले पालिका भित्रका पशुपालक किसानहरुलाई अनुदान रकम दिएको छ । व्यवसयिकरुपमा  गाई र भैंसी पालन गर्दै आएका ५० जना किसानहरुलाई ४८ लाख ८७ हजार चार सय अनुदान रकम वितरण गरिएको गाउँपालिकाका आर्थिक प्रशासन शाखा प्रमुख गणेश खनालले बताए ।  

गाउँपालिका भित्रका वडा नं. ४ र ५ का किसानहरुले पशुको ४४ लाख १८ हजार र विभिन्न उपकरण तथा समाग्री वापतको ४ लाख ६९ हजार चार सय रुपैयाँ अनुदान रकम पाएका हुन् । जस अन्तर्गत लागत सझेदारी कार्यक्रम तथा त्रिपक्षिय सझेदारी कार्यक्रम संघिय सरकारको २४ लाख ५२ हजार सात सय र गाउँपालिकाको २४ लाख ३४ हजार सात सय अनुदान रकम रहेको छ ।

अनुदान प्राप्त गर्नका लागि किसानले कम्तिमा पनि दुई वटा गाई वा भैंसीे पाल्नु पर्ने र समुह बनाउनु पर्ने हुन्छ ।  गाउँपालिकामा अहिले १०-१० जनाको ५ वटा समुह रहेको छ । गाउँपालिकामा लागत सझेदारी तथा त्रिपक्षिय सझेदारी कार्यक्रम लागु भए पछि समुह बनाई किसानलाई विभिन्न किसिमका तालिम, उपकरण वितरण, औषधी उपचार लगाएतका कार्यहरु गर्दै आएको गाउँपालिका अध्यक्ष अयोध्या थारुले  बताए। अनुदान रकम लिएका किसानहरुलाई रकमको सहि ठाउँमा प्रयोग गर्न गाउँपालिका उपाध्यक्ष अमृता गुरुङले आग्रह गरिन।news 2.jpg

लागत सझेदारी कार्यक्रम अन्तर्गत गाउँपालिकाले पशुपालक किसानहरुलाई १४ वटा इलेक्ट्रिक च्यापकटर, ६० वटा काउम्याट वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मिन प्रसाद भट्टराईले बताएका छन ।  गाउँपालिकाले गाई गोठ सुधार, बाख्रा गोठ सुधार, कुखुरा खोर सुधार तथा पोखरी निर्माण, विभिन्न कृषि यन्त्र वितरण लगाएतका कृषि, पशुपक्षी, तरकारी तथा मत्स्यसंग सम्बन्धित किसानहरुलाई अनुदान प्रदान गर्दै आएको  छ ।

अनुदान वितरण कार्यक्रममा वडा नं. ४ का वडा अध्यक्ष श्री प्रसाद श्रेष्ठ, वडा नं. ५ का वडा अध्यक्ष थम्मन बहादुर पौडेल, गाउँपालिकाका कर्मचारी न.सु. चिरन्जीवी गौतम लागएतले किसानहरुको समस्य समाधानका बारेमा बाेलेका थिए । गाउँपालिकामा अहिले बच्छी हुर्काउने कार्यक्रम अन्तर्गत बच्छीको जन्मदर्ता गरिदिने राम्रो संग पालन गरे १० हजार अनुदान दिने तथा विमा, औषधी उपचार गरिदिने ब्यवस्था यस अघि देखि नै गाउँपालिकामा कार्यक्रम लागु गरिएको गाउँपालिकाले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # सियारी

  • लुम्बिनी चिन्तन

    थप समाचार