Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

सवा दुई लाख बढि पर्यटक लुम्बिनीमा, बढ्दै नेपाली पर्यटक


  • लुम्बिनी चिन्तन
  • चैत्र १२, २०७७ बिहिवार
  • 806
    SHARES

सवा दुई लाख बढि पर्यटक लुम्बिनीमा, बढ्दै नेपाली पर्यटक

भैरहवा । सधै जसो विदेशी पर्यटकले भरिभराउ हुने मायादेवी मन्दिर शनिबार आन्तरिक पर्यटकले भरिभराउ थियो । कोभिड महामारी पछि विदेशी पर्यटक आउन नसकेपछि अहिले नेपाली पर्यटकले लुम्बिनी पुराने लयमा फर्किदै छ । शुन्य अवस्थामा पु¥याएको पर्यटन लाई नेपाली पर्यटकले नै विस्तारै उकासिदै गएको । कोरोना भाइरस संक्रमण न्यून भए पछि पर्यटकका लागि खुल्ला गरिएको बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्र भ्रमण गर्ने आन्तरिक पर्यटकहरु बढदै गइरहेका छन । लुम्बिनी विकास कोषले गत वर्ष चैत्र महिनाबाट बन्द गरेको मन्दिर ४ महिना अघि मंसिर ३ गते मात्र सरकारको निर्णय पछि पुनः पर्यटकहरुका लागि खोलिएको थियो । 

lumbini (3) - Copy.JPGमन्दिर खोलिएको पछिल्लो ४ महिना अर्थात चैत्र ७ शनिबार सम्म लुम्बिनीमा २ लाख ३१ हजार ८ सय ६२ पर्यटकले मायादेवी दर्शन गरेका छन । स्थलमार्ग नाकाबाट बढि आउने विदेशी पर्यटक अहिले शुन्य छ, भारतबाट आउने पनि आधिकारिक रुपमा आउन सकेका छैनन अहिले आन्तरिक पर्यटकले मात्रै लुम्बिनी दर्शन गरिरहेको छस्थलमार्ग नाकाबाट बढि आउने विदेशी पर्यटक अहिले शुन्य छ, भारतबाट आउने पनि आधिकारिक रुपमा आउन सकेका छैनन अहिले आन्तरिक पर्यटकले मात्रै लुम्बिनी दर्शन गरिरहेको छन लुम्बिनी बिकास कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले भने । 
काठमाण्डौमा रहेका बिभिन्न देशका राजदुत तथा अन्य कुटनितिक नियोगका बिदेशी व्यक्तीहरु लुम्बिनी आए पनि बिदेशी पर्यटकहरु आएका छैनन । कोरोनाका कारण अधिकांश देशमा वैदेशिक हवाई उडान र सीमानाकामा सहज आवतजावतसमेत नरहेको हुँदा यतिबेला विदेशी नागरिक लुम्बिनी आउन चाहेर पनि आउन सकेका छैनन । नेपाली पर्यटकहरु भने आउने क्रम बिस्तारै बढेको छ, पूर्व मेचि देखि पश्चिम महाकाली सम्मबाट लुम्बिनी घुम्न आएका छन्, चैत्र ६ गते शनिवार एकै दिन ७ हजार ६ सय २ जना पर्यटक लुम्बिनी भ्रमणमा पुगेको प्रमुख प्रशासकीय अधिकृत राईले भने । 
अहिले संख्याको आधारमा पर्यटक आगमन राम्रो छ, यस्तै तरिकाले पर्यटक आगमन बढयो भने पुरानै लयमा फर्कन्छ, शनिबारको तुलनामा आईतवार देखि  शुक्रबार सम्म भने प्रतिदिन औसतमा १हजार बढी पर्यटक लुम्बिनी पुग्ने गरेको विकास कोषको तथ्याङकले देखाउछ ।  
मायादेवी मन्दिरमा रुपन्देही, नवलपरासी र कपिलबस्तुका सर्बसाधारणलाई परिचयपत्रका आधारमा प्रबेश निशुल्क छ भने अन्य जिल्लाका लागि प्रबेश शुल्क लाग्छ, यही प्रबेशका आधारमा पर्यटक आगमन गणना हुने गरेको छ, लुम्बिनी भ्रमणमा आउने प्राय सबै मायादेवी मन्दिर पुग्ने गरेका छन् । पर्यटकको समयावधि बढाउन नसकेको लुम्बिनीले पछिल्लो समय आएको आन्तरिक पर्यटकलाई पनि टिकाउन सकेका छैनन ।

lumbini (2) - Copy.JPG
लुम्बिनी आउने पर्यटक बढ्ने क्रममा छ, विस्तारै लयमा आउदै छ तर पनि सोही दिन वा केही घण्टामै पर्यटक फर्किने बढी रहेकोले यसको फाइदा होटल व्यवसायले पूर्ण रुपमा लिन सकेका छैनन । ‘अहिले लुम्बिनीमा आन्तरिक पर्यटक आगमन बृद्धी भएको छ । लुम्बिनी वरीपरीका पर्यटक बढी आएका छन्, जो एकै दिनमा फर्कन्छन र केही मात्र बास बस्ने गरेको लुम्बिनी होटल संघका अध्यक्ष मिथुन मान श्रेष्ठले बताए । पोखरा, काठमाण्डौ, धरान, झापा, ईलाम, मोरंग, तेह्रथुम, पाचथर, नेपालगन्ज, दांग, महेन्द्रनगर,सर्खेत, धनगढी,जुम्ला लगायतकाम स्थानबाट समेत पर्यटकहरु बास बस्ने गरेर आएका छन्, कोरोनाले ध्वस्त पर्यटन क्षेत्र बिस्तारै अघि बढला भन्नेमा हामी बिश्वस्त छौ, अध्यक्ष श्रेष्ठले भने । 
होटल संघ लुम्बिनीले आन्तरिक पर्यटकलाई लक्षित गरी लुम्बिनी भ्रमणका लागि सस्तो दरको प्याकेजहरु बैशाख महिना देखि लागुहुने गरी ल्याउने तयारी भैरहेको समेत श्रेष्ठले बताए । आन्तरिक पर्यटकले मात्रै  पर्यटन व्यबसाय अघि बढन नसक्ने भएकाले कम्तिमा भारतिय पर्यटकहरु सहज रुपमा आउन मिल्ने वातावरण भए पर्यटक थप हुने उनको भनाई थियो । 

 


  • सम्बन्धित विषय:

  • # लुम्बिनी

  • लुम्बिनी चिन्तन

    थप समाचार