भैरहवा असोज १८/
पक्लिहवा माध्यमिक विद्यालय, सिद्धार्थनगर वडा नं. १ पक्लिहवामा ‘निःशुल्क स्कुल ड्रेस वितरण कार्यक्रम’ सम्पन्न भएको छ ।
पक्लिहवा मा.वि. व्यवस्थापन समितिका अध्यक्ष युवा समाजसेवी सुशील गुरुङ्गको अध्यक्षता तथा समाजसेवी युवा व्यवसायी श्रृजना बनियाँको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा अतिथी बनियाँले आफ्नो जन्मदिनको सुअवसरमा विद्यालयमा अध्ययन गर्ने बालविकाश देखि कक्षा ८ सम्मका विपन्न तथा जेहेन्दार ५१ जना विद्यार्थीहरुलाई करिब चालिस हजार बराबरको सर्ट र पेण्ट गरि एक–एक सेट स्कुल ड्रेस (विद्यालय पोशाक) वितरण गरेका थिए ।

कार्यक्रममा समाजसेवी बनियाँले आफ्नो जन्मदिनको अवसरमा केही भएपनि शुभ कार्य गर्न पाउँदा आफुलाई आनन्द, हर्षित तुल्याएको र भोलिका दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । व्यवस्थापन समितिका अध्यक्ष सुशील गुरुङ्गले जन्मदिनको पार्टी महंगो होटल–रेष्ट्ररेन्टमा फजुल खर्च गरेर मनाउने परम्परालाई त्याग्दै हाम्रो समाज यस्तै प्रकारले विपन्न तथा असहायको सहयोगमा खर्च गर्दा समग्र समाजलाई सुमार्गमा डोराउन टेवा पुग्ने धारणा राख्नु भएको थियो ।
विद्यालयका प्रधानाध्यापक बसन्तकुमार बस्नेतको स्वागत र शिक्षक देवि प्रसाद न्यौपानेको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सल्लाहाकार याम बहादुर थापा, सदस्य सलुजा विश्वसेन्चुरी, शिक्षक–शिक्षिका लगायतको उपस्थिति रहेको थियो ।