Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

कृषिजन्यखाद्य वस्तु उत्पादनमा योगदान गरेका किसान पुरस्कृत


  • लुम्बिनी चिन्तन
  • कार्तिक ५, २०८० आइतवार
  • 364
    SHARES

कृषिजन्यखाद्य वस्तु उत्पादनमा योगदान गरेका किसान पुरस्कृत

भैरहवा कात्तिक ३/
विश्व खाद्य दिवसको अवसरमा लुम्बिनी प्रदेशको कृषिविकास निर्देशनालयले आठ जना किसानलाई पुरस्कृत गरेको छ । 
कृषि प्रविधिको प्रयोग गरि उत्पादन र उत्पादकत्व बढाएका किसानहरुलाई निर्देशनालयले नगद आठ हजार रकम सहित सम्मान गरेको हो ।

रुपन्देही, पश्चिम नवलपरासी, बर्दिया, रोल्पा, पाल्पा र दाङका खाद्यान्न, तरकारी, मसला जन्यबाली र मौरी पालक किसान पुरस्कृत भएका छन् । लुम्बिनीप्रदेश खाद्यान्नमा आत्मनिर्भर छ भने तरकारी र फलफूलमा आत्मनिर्भर उन्मूख छ । प्रादेशिक कृषिजन्य खाद्य वस्तुको प्रतिव्यक्ति उपलब्धतामा दलहन र तेलहन बालीमा करिव दशप्रतिशतले न्यून रहेको तथ्यांक छ ।

प्रदेशको कुलग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २९ दशमलव ४० प्रतिशत रहेको छ । प्रदेशको ६लाख८०हजार १५ हेक्टर खेती योग्य जमिन  मध्ये पाँचलाख३५हजार तीन सय ४० हेक्टर क्षेत्रफलमा मात्र खेतीगरिएको छ।सिंचाई प्रदेशलाई कृष जन्यखाद्य बस्तुमा आत्मनिर्भर बनाउने गरि कार्य भैरहेको कृषि तथा भूमिव्यवस्था मन्त्रालयका सचिव यामनारायण देवकोटाले बताए । खाद्य वस्तुहरुमा दिगो पहुँच र उपभोग बृद्धिमार्फत खाद्य तथा पोषण सुरक्षा हासिलगर्ने मन्त्रालयको लक्ष्य छ ।

उत्पादनर उत्पादकत्व बढाउन गुणस्तरिय बिउ, सिंचाई सुविधा र मलखादको आवश्यकता पर्दछ । तर, किसानहरु ती कुराहरुबाट विमुख छन् । जग्गा खण्डीकरणले खेतीयोग्य जमिन नासिदै गएका बेलातीनै तहका सरकारले जग्गा चक्लाबन्दीलाई प्राथमिकता दिनुपर्ने ४३ औँ खाद्य दिवसमा बोल्ने वक्ताहरुले बताए ।लुम्बिनी प्रदेशमा खाद्य सुरक्षका लागि जलवायु परिवर्तन, रोगकिराजन्य महामारी, कृषि सामाग्रीहरुमा सीमित पहुँच, बजार पहुँच सीमितको हुनु जस्ता चुनौतीहरु रहेकाछन् ।


लुम्बिनी चिन्तन

थप समाचार