Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

लुम्बिनीको पर्यटन प्रबर्द्धनका लागी साईकल सिटी भैरहवाले हरेक बर्ष “बुद्ध ज्ञान साईकल यात्रा“ गर्ने


  • लुम्बिनी चिन्तन
  • मंसिर ९, २०८० शनिवार
  • 2.6K
    SHARES

लुम्बिनीको पर्यटन प्रबर्द्धनका लागी साईकल सिटी भैरहवाले हरेक बर्ष “बुद्ध ज्ञान साईकल यात्रा“ गर्ने

भैरहवा मंसिर ९/
साईकल सिटी भैरहवाले महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनी सहित भगवान बुद्धसंग सम्बन्धित स्थलहरु लाई समेटेर “बुद्ध ज्ञान साईकल यात्रा“ कार्यक्रम संचालन गर्ने भएको छ । 
यस बर्ष माघ १२ र १३ गते दुई दिन रामग्राम, देबदह, निग्लिहवा, तिलौराकोट, सग्रहवा, कुदान, गोटिहवा, लुम्बिनी हुदै भैरहवा सम्मको “बुद्ध ज्ञान साईकल यात्रा“ शुरुवात गर्न लागेको साईकल सिटि भैरहवाका अध्यक्ष सुर्य कुमार सारु मगरले बताए ।
आन्तरिक र बहिर्य पर्यटकको नजरमा लुम्बिनी बाहेकका अन्य स्थान सधै ओझेलमा परेको हुनाले राष्ट्रिय तथा अन्तराष्ट्रियबाट दुई सय जना साईकिलिष्टहरुलाई सहभागीता गराएर साईकल यात्रा गराउन लागेको अध्यक्ष सारु मगरले बताए । यस बर्ष देखी हरेक बर्ष यो “बुद्ध ज्ञान साईकल यात्रा“ कार्यक्रम संचालन गर्ने उनले बताए । 

mela bhairahawa.jpg
हरेक वर्ष हुने “बुद्ध ज्ञान साईकल यात्रा“ ले गौतम बुद्धसंग सम्बन्धित क्षेत्रहरुको अझ बढी प्रचार प्रसार हुने र जसको कारण भगवान गौतम बुद्ध बारे थप जानकारी ,ज्ञान प्राप्त र लुम्बिनी बाहेक बुद्ध संग जोडिएका स्थानहरुको प्रचारप्रसारमा पनि सहयोग पुग्ने साईकल सिटि भैरहवाका सचिव थिरेन्द्र श्रेष्ठले बताए । 
यस बर्षबाट सुरु गर्न थालीएको “बुद्ध ज्ञान साईकल यात्रा“ हरेक बर्ष गरिने र आगामी बर्षबाट अन्तराष्ट्र्यि साईकिलिष्टहरुलाई कार्यक्रम सहभागीता गराईने साईकल सिटि भैरहवाका सहसचिव राजेश खरेलले बताए । 
यस बर्ष हामीले भारत र लुम्बिनी भ्रमणका क्रममा आएका बिदेशी पाहुनाहरुलाई आग्रह गर्दछौ तर आगामी बर्ष देखी बिदेशी साईकिलिष्टहरुलाई पनि निमन्त्रण गरेर अन्तराष्ट्र्यि स्तरको कार्यक्रम बनाएर निरन्तरता दिने सह सचिव खरेलले बताए । 
माघ १२ गते बाट सुरु हुने “बुद्ध ज्ञान साईकल यात्रा“ साईकल यात्रा भैरहवाको लुम्बिनी गेट बाट सुरु हुने छ । पहिलो दिन बुद्धसंग सम्बन्धित क्षेत्रहरु रामग्राम, देबदह, तिलौराकोट, पुगेर बस्ने छ । दोस्रो दिन सग्रहवा, कुदान, गोटिहावा, लुम्बिनी हुदै भैरहवामा आई समापन हुने कार्यक्रम संयोजक दिनेशमान अमात्यले जानकारी दिए ।

सहभागी साईकिलिष्टहरुले दुई दिनमा करिब २०० किलोमिटर दुरी तय गरेर बुद्धसंग सम्बन्धित विभिन्न स्थानको अवलोकन भ्रमण र जानकारी प्राप्त गर्ने छन् । उनिहरुलाई रामग्राम, देबदह, तिलौराकोट,सग्रहवा, कुदान, गोटिहावा, लुम्बिनी सबै स्थानमा पुरातत्व बिद्धहरु बाट साईकिलिष्टहरुलाई जानकारी गराउने कार्यक्रम हुनेछ । 
 “बुद्ध ज्ञान साईकल यात्रा“ ले यस क्षेत्रको लागी पर्यटन प्रबर्द्धन,स्वास्थ्य,पर्यावरण र व्यापार व्यवसायका लागी कोसे ढुंगा साबित हुने अपेच्क्षा गरिएको साईकल सिटिका अध्यक्ष सुर्य कुमार सारु मगरले बताए ।


लुम्बिनी चिन्तन

थप समाचार