Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

तराईमा आज होली, छैन रौनकता


  • लुम्बिनी चिन्तन
  • चैत्र १६, २०७७ सोमवार
  • 1.0K
    SHARES

तराईमा आज होली, छैन रौनकता

भैरहवा ।  तराईका जिल्लामा आज होली पर्व मनाइँदैछ । कोभिड–१९का कारण गतवर्ष जस्तै यस वर्षपनि होली प्रभावित बनेको छ । गृह मन्त्रालय र मातहातका प्रशासन कार्यलयले संक्रमणको जोखिमका कारण भीडभाड र जबरजस्ती नगर्न नगराउन सबैमा आग्रह गरेसँगै विगतका वर्षहरुमा जस्तो यसवर्ष यस पर्वको रौनक र उत्साह छैन । बजारहरुमा होलीको माहोल देखिएको छैन ।
सरकारले पनि सामुहिक रुपमा होली नमनाउन आग्रह गरेसगै ठाँउ ठाँउमा हुने होली विशेष कार्यक्रम, सस्थागत कार्यक्रमहरु पनि सबै स्थागित भएका छन । सडकमा युवा र बालबालिकाहरु होली खेल्दै हिडेपनि टोल, छिमेक, चोकहरुमा भिडभाड हुने, सांगीतिक ,घैटोफोड जस्ता कार्यक्रमहरु देखिएनन ।
पहाडी,हिमालीमा र तराइमा फरक दिन मनाइएपनि होलीको उत्साह तराईमा दुबै दिन हुने गरेको थियो । घर भित्रै एक अपसमा रंग अविर दलेर शुभकामना साटासाट गरि होली पर्व मनाइँदै छ ।

भैरहवा लगायतका ठाँउमा केही वर्ष अघिसम्म उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ । सडकमा काम विशेषले हिँड्नेलाई इच्छाविपरीत रङ र लोला हान्ने क्रम बन्द भएको छ । विगतका समयमा लोलामा पानी भरेर होली अघि देखि नै छ्यापने प्रवृति थियो ।
होलीको अवसरमा उश्रृङखल गतिविधि हुन नदिने प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी प्रविण पोखरेलले मादक पदार्थ सेवन गरी हो हल्ला गर्ने, मोटर साइकिलमा तीन जना बसेर यात्रा गर्ने, जबरजस्ती रंग लगाइदिनेहरुलाई कारबाही गरिने जानकारी दिए । उनले त्यस्ता गतिविध हुन नदिन चोक चोकमा प्रहरी परिचालन गरिएको बताए । 


लुम्बिनी चिन्तन

थप समाचार