Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

सार्वजनिक लेखा समितिकाे टाेलीद्वारा लुम्बिनी भ्रमण


  • लुम्बिनी चिन्तन
  • आषाढ १७, २०८१ सोमवार
  • 340
    SHARES

सार्वजनिक लेखा समितिकाे टाेलीद्वारा लुम्बिनी भ्रमण

लुम्बिनी , असार १७ ।

प्रतिनिधिसभा सार्वजनिक लेखा समितिकाे टाेलीले बुद्वजन्मस्थल लुम्बिनीकाे भ्रमण गरेका छन् । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र लुम्बिनीका बारेमा अध्ययन गर्न आएकाे टाेलीले साेमबार लुम्बिनीकाे भ्रमण गरेकाे हाे ।

पूर्व संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्री तथा सांसद योगेश भट्टराईको नेतृत्वमा गठन गरेको सार्वजनिक लेखा उपसमिति टाेलीले शान्तिदिप, मायादेवि मन्दिरकाे अवलाेकनका साथै केही विहार क्षेत्रहरूकाे अवलाेकन गरेका हुन । यसअघि आयाेजित छलफलमा लुम्बिनी विकास काेषकाे अवस्था, सम्पादन भएका कार्यक्रम र लुम्बिनी गुरूयाेजनाका बिषयमा छलफल गरिएकाे थियाे ।

छलफलमा बाेल्दै पूर्व संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्री एव प्रतिनिधि सभा सदस्य याेगेश भट्टराईले लुम्बिनि विकास काेषकाे संरचना परिवरेतन गर्नुपर्ने बताए । उनले काेषकाे ऐनले प्रदेश र स्थानीय तहलाई नचिन्ने बताउदै त्यसलाई परिमार्जन गर्दै स्वायत्त र शक्तिशाली लुम्बिनी विकास तथा पर्यटन प्राधिकरणका रूपमा विकास गर्नुपर्ने बताए । उनले केञ्जाेटागेले निर्माण गरेकाे लुम्बिनी गुरूयाेजनाका बाकी कामहरू सकेर गुरूयाेजनालाई पनि समय अनुकुल बनाउनुपर्नेमा जाेड दिए ।

उनले लुम्बिनिकास काेषकाे बार्षिक आम्दानी निकै न्यून रहेकाे, विकासका लागि बजेट अभावका सन्दर्भमा समितिका तर्फबाट सरकारकाे ध्यानआकर्षणलगराउने बताए । त्यसैगरि टाेलिले लुम्बिनी गुरूयाेजनाका काम, लुम्बिनीकाे विधुतीय बस सञ्चालन, विभिन्न विकास निर्माण लगायतका बिषयमा चासाे रमखेकाे थियाे ।

संसदीय टाेलीसंग लुम्बिनी विकास काेषका सदस्य सचिव सानुराजा शाक्यले सरकारले गुरूयाेजनाका लागि मात्रै त्याे पनि निकै न्यून बजेट छुटयाउने गरेकाे बताए । उनले लुम्बिनीसंगै प्राचीन कपिलबस्तु तिलाैराकाेट दरबार, अस्तुधातु रहेकाे रामग्राम, मावली देवदहकाे विकासका लमगि बजेट अभावले काम गर्न नसिकएकाे बताए ।

यस्तै लुम्बिनी विकास काेषका बरिष्ठ निर्देशक ज्ञानिन राईले प्रस्तुती राख्दै लुम्बिनीमा कर्मचारी दरबन्दी (ओएनएम) भएपनि संरचना स्वीकृत हुन नसकेकाे बताए । भ्रमण टाेलीमामा संयाेजक योगेश कुमार भट्टराई सहित प्रतिनिधि सभा सदस्यहरू अच्युत प्रसाद मैनाली, अमरेश कुमार सिंह,विक्रम पाण्डे, मञ्जु खाँड, मनिप झा, श्याम कुमार घिमिरे र सराज अहमद फारुकी सहभागी छन ।


लुम्बिनी चिन्तन

थप समाचार