Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

लुम्बिनीमा “बुद्धिष्ट वल्र्ड टुरिजममार्केट” आयोजनाहुन


  • लुम्बिनी चिन्तन
  • श्रावण ७, २०८१ सोमवार
  • 456
    SHARES

लुम्बिनीमा “बुद्धिष्ट वल्र्ड टुरिजममार्केट” आयोजनाहुन

भैरहवा, साउन ७ । लुम्बिनीकालागि सद्भावनादूतएवम पर्यटन व्यवसायीबिक्रम पाँडे काजीको अगुवाईमा लुम्बिनीमाबुद्धिष्ट वल्र्ड टुरिजममार्केटको आयोजनाहुने भएको छ । लुम्बिनी संगै यस आसपास रहेको अन्य पर्यटकिय स्थलहरुको प्रचार प्रसार गर्ने उद्देश्य सहितकार्यक्रमको आयोजना गरिने भएको हो । 
सोमबार भैरहवामाआयोजितअन्तरक्रियाकार्यक्रममा पर्यटन व्यवसायी पाँडेले लुम्बिनी संगै यससंग जोडिएर रहेका अन्य बुद्धिष्ट सर्किट तथा लुकेका पर्यटकिय स्थलहरुको पहिचान गराउने उद्देश्य सहितकार्यक्रमको आयोजना गरिएको बताए । “लुम्बिनीमात्र हैन यो क्षेत्रमा रहेको प्राय सबै स्थानगौतमबुद्ध संग जोडिएर रहेको छ ।” पाँडेले भने “गौतम बुद्ध अभिनिष्क्रमण पछि भैरहवा, रोहिणी नदिपार गर्दै अनोमा नदिहुदै गएकोले यी सबै क्षेत्रहरुमाउच्च पर्यकिय सम्भावना रहेको छ । यी सबैको प्रवद्र्धन गर्ने मेरो उद्देश्य रहेको छ ।”
कपिलवस्तुमा महाअभिनिष्क्रमण दिवस मनाउने गरिएको बताउदै उनले यसलाई जोडेर भैरहवाहुदै त्रिवेणी सम्म पु¥याउन सकिने उनले बताए । यसको लागिआफ्नो प्रयासमा स्थानिय पर्यटन व्यवसायीहरुको सहयोग आवश्यक रहेको उनको भनाई थियो । 
उनको प्रस्तावमा भैरहवाकाव्यवसायीहरुले सकारात्मकभएको बताएका छन् । पर्यटन व्यवसायीकिशोर जोशीले लुम्बिनीनजिकभएर पनि उपेक्षित रहेको भैरहवालाई बुद्ध संग जाड्न सकिने बताए । उनले रोहिणी नदिलाई प्रवद्र्धन गरि यसैको माध्यमबाट यस क्षेत्रको पर्यटकिय गतिविधि बढाउन सकिने बताए । 
यस्तै सिद्धार्थ सञ्जाल रुपन्देहीकाअध्यक्षअनिल ज्ञवालीले पर्यटन र यस क्षेत्रको आर्थिक क्षेत्र चलायमानबनाउनगौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थल सञ्चालन गर्न अपरिहार्य रहेको बताउदै यसमा सबै लाग्नआग्रह गरे ।
नयानया पर्यटकिय स्थलतथा पर्यटकिय गतिविधिहरु गर्न रुचाउने विक्रम पाँडे काजीले लुम्बिनी र तिलौराकोटको विचमामायादेवीमाईत हिडेको बाटोलाई मायादेवी सुत्केरी मार्ग नामाकरण गरि यसको प्रवद्र्धनमापनिलागेका छन् । करिब ३९ किलोमिटर लामो यस मार्गमा यसै वर्ष देखि “मायादेवी सुत्केरी मार्ग म्याराथन” को आयोजना गरिने बताए । 


लुम्बिनी चिन्तन

थप समाचार