Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

जुम्लामा सुत्केरीसहित २ महिलाको निसासिएर मृत्यु


  • लुम्बिनी चिन्तन
  • श्रावण ८, २०८१ मंगलवार
  • 358
    SHARES

जुम्लामा सुत्केरीसहित २ महिलाको निसासिएर मृत्यु

भैरहवा, साउन ०८ । जुम्लामा निसासिएर एक सुत्केरी महिला र उनकी बहिनी १९ वर्षीया युवतीको मृत्यु भएको छ। जुम्लाको पातारासीमा कोठामा आगो बाल्दा निस्किएको धुवाले निसास्सिएर दिदीबहिनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। मृत्यु हुनेमा ११ दिनकी सुत्केरी २२ वर्षीया मायालक्ष्मी महतारा र उनकी बहिनी १९ वर्षीया जुनमाया रोकाया छन्। निसासिएर गम्भीर बिरामी परेकी मायालक्ष्मीको उपचारका क्रममा सोमबार मृत्यु भएको हो। उनकी बहिनी जुनमायाको भने आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।सुत्केरी र नवजात शिशुलाई चिसोबाट जोगाउन बालिएको आगोको धुवाँमा  दिदीबहिनी निसास्सिएका हुन्। धुवाँमा निसास्सिएका ११ दिनका शिशुको अवस्थासमेत गम्भीर रहेको स्वास्थ्यकर्मीले बताएका छन्।


लुम्बिनी चिन्तन

थप समाचार