Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

कोरिडोरको विद्युतिय समस्या समाधानका लागि ज्ञापन 


  • लुम्बिनी चिन्तन
  • चैत्र २४, २०७७ मंगलवार
  • 854
    SHARES

कोरिडोरको विद्युतिय समस्या समाधानका लागि ज्ञापन 

भैरहवा । सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीले विद्युत प्राधिकरण भैरहवा वितरण शाखालाई ज्ञापन पत्र बुझाएको छ ।
लुम्बिनी कोरिडोका उद्योगमा आएको विद्युत सप्लाईमा समस्या भएको भन्दै संघले सामाधानका लागि ज्ञापन पत्र बुझाएको हो ।

सिद्धार्थ उद्योग वाणिज्य संघर रुपन्देहीका अध्यक्ष भिष्म प्रसाद न्यौपानेले करिडोर अन्तर्गत रहेका उद्योगमा न्यू–२ र पूरानो फिडरबाट वितरित विद्युत प्रसारण लाईनमा  विगत केही समय देखि नियमित बिद्युत आपूर्ति , आवश्यक भोल्टेज उपलब्धता,  बिना सूचना ट्रिप्रिङ , विद्युत आउने–जान समस्याका लगायतका कारणले उद्योग संचालनमा समस्या तथा मेसिनरी उपकरणमा क्षति हुन पुगेको भन्दै विधुतीय समस्या समाधानका लागि संघले सचिवालयमा छलफल गरेको हो  । 

168983193_2168262643308297_4086755007894161601_n.jpgसंघका अध्यक्ष न्यौपानको अध्यक्षमा भएको उक्त छलफलमा उद्यागीहरुको समस्या तत्काल समाधान  गरी  निर्वाध रुपमा उद्योग संचालनको वातावरणमा सहयोग पु¥याईदिन अनुरोध गर्दै विद्युत प्राधिकरण भैरहवा वितरण शाखाका प्रमुख जीतेन्द्रकुमार झाज्यूलाई ज्ञापन पत्र बुझाएका थिए । ज्ञापन पत्र बुझदै झाले उद्योगीहरुका समस्याका विषयमा प्राधिकरण गम्भिर भएको र सरोकारवाला निकायसँग समन्वय गरी तत्काल समस्या समाधानमा लाग्ने प्रतिबद्धता जनाए । छलफलमा संघका पदाधिकारीज्यूहरु तथा सम्बन्धीत उद्योगीहरुको उपस्थिति रहेको थियो । 

bid2.jpg

 


  • सम्बन्धित विषय:

  • # सिद्धार्थ उद्योग वाणिज्य संघ

  • लुम्बिनी चिन्तन

    थप समाचार