Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

गुल्मीको मुसिकोटमा पहिरोमा परेर चारजनाको मृत्यु, दुई घाइते


  • लुम्बिनी चिन्तन
  • श्रावण २२, २०८१ मंगलवार
  • 454
    SHARES

गुल्मीको मुसिकोटमा पहिरोमा परेर चारजनाको मृत्यु, दुई घाइते

भैरहवा, साउन २२ । गुल्मीको मुसिकोट नगरपालिका– १ बिसौनाका विष्णु विकको घर पहिरोले पुर्दा चारजनाको ज्यान गएको छ। घटनामा दुईजना घाइते भएका प्रहरीले जनाएको छ।

घरमाथिबाट आएको लेदोसहितको पहिरोले घर पुरेपछि ४६ वर्षका गोरे विक, ६७ वर्षका हुकुमबहादुर विक, ६६ वर्षकी मसुरी विक र साढे दुई वर्षकी रियान्सी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले जानकारी दिए। 

त्यस्तै, २३ वर्षीया मुना विक र ३१ वर्षीय विष्णु विक घाइते भएका केसीले बताए। विष्णु विकको घरमा दुई परिवार बस्दै आएका थिए। घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाउने तयारी भइरहेको छ। स्थानीय र प्रहरीको टोली घटनास्थलमा परिचालन भएका छन्।


लुम्बिनी चिन्तन

थप समाचार