Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

उडेको ३ मिनेटपछि सम्पर्कविहीन भएको थियो दुर्घटनाग्रस्त हेलिकप्टर (तस्बिरहरु)


  • लुम्बिनी चिन्तन
  • श्रावण २३, २०८१ बुधवार
  • 436
    SHARES

उडेको ३ मिनेटपछि सम्पर्कविहीन भएको थियो दुर्घटनाग्रस्त हेलिकप्टर (तस्बिरहरु)

भैरहवा, साउन २३ ।

नुवाकोटको शिवपुरी गाउँपालिकामा एयर डाइनेस्टीको हेलिकप्टर काठमाडौंबाट उडेको ३ मिनेटमै दुर्घटनामा परेको छ  छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जारी गरेको विज्ञप्तिमा दुर्घटनाग्रस्त हेलिकप्टर काठमाडौंबाट उडेको ३ मिनेटपछि सम्पर्कविहीन भएको उल्लेख गरिएको छ ।

विज्ञप्तीमा भनिएको छ कि ‘३ मिनेटपछि काठमाडौं टावससँग सम्पर्क विच्छेद भइ काठमाडौं जिल्ला शिवपुरी गाउँपालिका वडा नं. ७ सूर्यचौर भन्ने स्थानमा दुर्घटनामा परेको पुष्टि भएको हो’, 
‘दुर्घटनाको खबर प्राप्त हुनासाथ उद्दार कार्यका लागि प्रभु हेलिकप्टरको हेलिकप्टर दुर्घटनास्थलतर्फ प्रस्थान गरिसकेको व्यहोरा जानकारीका लागि अनुरोध छ ।’ दुर्घटनामा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमध्ये ४ जना यात्रु चिनियाँ नागरिक थिए ।

काठमाडौंबाट स्याफ्रुबेंसीका लागि उडेको एयर डाइनेस्टीको ९ एनएजेडी कलसाइन भएको सो  हेलिकप्टर आज बुधबार दिउँसो दुर्घटनामा परेको हो ।

तस्बिरहरुWhatsApp Image 2024-08-07 at 4.09.31 PM (1).jpegWhatsApp Image 2024-08-07 at 4.09.31 PM.jpegWhatsApp Image 2024-08-07 at 4.09.30 PM (2).jpegWhatsApp Image 2024-08-07 at 4.09.28 PM.jpegWhatsApp Image 2024-08-07 at 4.09.30 PM (1).jpeg


लुम्बिनी चिन्तन

थप समाचार