भैरहवा, साउन २९ । सरकारी सम्पती ब्यावस्थापनका लागी कोष तथा लेखा नियन्त्रक कार्यालय रुपन्देहीले जिन्सी शाखामा कार्यरत कर्मचारीहरुलाई चार दिने तालीम सुरु गरेको छ ।
महालेखा नियन्त्रण कार्यालयले भदौ दुई गते बाट सुरु गरेको पाम्स सप्टवेर भर्षन दुई कार्यान्वयनमा ल्याउनका लागी काठमाण्डौ उपत्यका बाहीर रुपन्देहीमा पहिलो पटक तालीम दिईएको हो । साउन २८ गते बाट सुरु भएको तालिम साउन ३१ गते सम्पन्न हुने कोष तथा लेखा नियन्त्रक कार्यालय रुपन्देहीलका प्रमुख मञ्जु कुमारी जैसी ढकालले जानकारी दिनु भयो । संघ प्रदेश र स्थानिय तहका माताहतमा रहेको एक सय ५५ बढी सरकारी कार्यालयका जिन्सी शाखामा कार्यरत कर्मचारीहरु सम्पत्ती ब्यावस्थापन तालीममा सहभागी रहेका छन् । तालीम पश्चात सरकारी सम्पत्ती संरक्षणमा ठुलो सहयोग पुग्ने कार्यालयले अपेच्छा राखेको कोष प्रमुख ढकालले बताउनु भयो ।

यो तालीम पछि जिन्सि शाखाले प्रयोग गर्ने फारममा सरकारी सम्पत्ती ब्यावस्थापन गर्न , खरिद प्रकृया देखी मर्मत सम्मको बिवरण राख्नु पर्ने भएकाले सम्पत्ती संरक्षणमा सहयोग पुग्ने ढकालले बताउनु भयो । एउटै फारममा खरिद प्रकृया कहाबाट सुरु भयो को को संलग्न छन् ? कति पटक मर्मत भयो ? र अन्तीममा प्रयोग हुन नसक्ने अवस्था आएपछि लिलामी प्रकृयाबाट हटाउने सम्मका बिषयहरु समावेश रहेका कारण सरकारी सम्पत्तीको संरक्षणमा यस तालीमले ठुलो सहयोग पुग्ने कोष प्रमुख ढकालले बताउनु भयो ।

खरिद प्रकृयाको सुरुवात देखी मर्मत गर्दाको समेत विवरण अनलाईन फारममा समावेश हुने भएकाले पटक पटकको मर्मतमा आउने फजुल खर्च नियन्त्रणमा पनि यस तालिमले सहयोग पुग्ने कोष प्रमुख ढकालले बताउनु भयो । सहभागीहरुलाई तालीम प्रदान गर्न महालेखा नियन्त्रकको कार्यालयबाट दुई जना प्रतिनिधी रुपन्देहीमा छन् । तालीम पछि महालेखाले संचालनमा ल्याएको पाम्स सप्टवेर भर्षन दुइ कार्यान्वयन प्रकृयामा जाने छ ।

पाम्स कार्यान्वयनमा आए पछि सम्पती खरिद प्रकृयाको सुरुवात देखी , मर्मत र लिलामी प्रकृयालाई समेत सहज बनाउनुका साथै चुहावट नियन्त्रण गर्ने जनाईएको छ ।