Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

नेपाल रेडक्रस सोसाइटी रुपन्देहीले विश्व प्राथमिक उपचार दिवस मनायो


  • लुम्बिनी चिन्तन
  • भाद्र ३०, २०८१ आइतवार
  • 492
    SHARES

नेपाल रेडक्रस सोसाइटी रुपन्देहीले विश्व प्राथमिक उपचार दिवस मनायो

भैरहवा, ३० भदौ । नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाले शनिबार विश्व प्राथमिक उपचार दिवस मनाएको छ । शाखाका सभापति दीपक क्षेत्री न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि रेडक्रसका केन्द्रिय अध्यक्ष प्रा.डा.सुर्दशन प्रसाद नेपालले उद्घाटन गर्दै मानवताको सेवामा समर्पित संस्थामा कम्पन्न उठ्ने गरी लाग्न सबैमा आग्रह गरे । उनले आइपर्दा प्राथमिक उपचारको सिकाईमा दक्ष हुन सबै सहभागीलाई आग्रह गरे ।

कार्यक्रममा सहभागी २४ जना विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो । एसओएस बालग्राममा अध्ययनरत विद्यार्थीले दुई दिनसम्म लिएको तालिमको समापनमा सो प्रमाण वितरण गरिएको थियो ।कार्यक्रममा रेडक्रस लुम्बिनी प्रदेश अध्यक्ष लाल प्रसाद पंगेनी (कृष्ण), जिल्ला मन्त्री रामचन्द्र उपाध्याय, सदस्य महेन्द्र कुमार श्रेष्ठ, एसओएसका राम प्रसाद पौडेल, विपिन कुमार मिश्रा, सहभागी विद्यार्थी गिरीराज क्षेत्री, प्रशिक्षक तुल बहादुर थापा, शैलेन्द्र तुलाधर लगायतले बोलेका थिए ।रेडक्रस जिल्ला शाखाका उपमन्त्री तथा कार्यक्रम संयोजक अर्जुनराज उपाध्यायको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । 


लुम्बिनी चिन्तन

थप समाचार