Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

बाराको उनासी पुलमा बस पल्टियो, ४३ यात्रु घाईते


  • लुम्बिनी चिन्तन
  • भाद्र ३१, २०८१ सोमवार
  • 448
    SHARES

बाराको उनासी पुलमा बस पल्टियो, ४३ यात्रु घाईते

भैरहवा, भदौ ३१ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको उनासी पुलमा बसको अगाडिको पट्टा भाँचेर आज बिहान यात्रुवाहक  दुर्घटना हुँदा ४३ जना घाईते भएका छन् । घाईते मध्ये ८ जनाको अवस्था गम्भीर रहेको छ।
काँकडभिट्टाबाट दाङको लागी गएराती १ बजे खुलेको ना ८ ख ११६४ नम्बरको बस अनियन्त्रित भई पुलदेखि ८ मिटर तल खसेर पल्टिँदा बसमा सवार सबै घाईते भएका थिए। घाईतेहरुको निजगढ स्थित सामुदायिक प्रसुती गृह अस्पतालमा ३४ जना र सि.टी अस्पतालमा ९ जनाको उपचार भईरहेको छ ।
प्रसुती गृहमा उपचाररत मध्ये  छ जना र सि.टी अस्पतालमा उपचाररत मध्ये २ जना गरी ८ जना बिरामीको अवस्था गम्भीर रहेको  ईलाका प्रहरी कार्यालय निजगढले बताएका छन् ।
उक्त बसको अगाडिको पट्दा भाँचेर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।


लुम्बिनी चिन्तन

थप समाचार