भैरहवा मंसिर ६/
रुपन्देहीको एक सामुदायिक वनले मानव मलमुत्र जंगल क्षेत्र भित्र बिर्षजन गर्न दिए वापत महिनावारी रकम उठाउदै आएको खुलेको छ ।
वुटवल उपमहानगरपालिका भित्र पर्ने शिवनगर सामुदायिक वनले वुटवल उपमहानगरपालिका र त्यस संग सिमा जोडिएको तिलोतमा र देवदह नगरपालिका भित्र रहेका वासिन्दाहरुवाट श्रृजित मल मुत्र सामुदायिक वन क्षेत्रमा विर्सजन गर्न दिए वापत मासिक ५ हजार रुपैया असुली गर्ने गरेको पाईएको हो ।
उपमहानगरपालिका र नगरपालिका क्षेत्र बाट सेप्टी ट्यांक सफागर्ने निजि कम्पनीहरु संग सामुदायिक वनले अवैध तरीका वाट महिनावारी रुपमा रकम संकलन गर्दै आएका छन् । रुपन्देही जिल्ला खुल्ला दिशा मुक्त क्षेत्र घोषणा भएको बर्षो बितेको छ । तर शिवनगर सामुदायिक वनले भने खुलम खुल्ला ट्वाईलेट सफा गर्ने कम्पनीहरु संग महिनावारी रकम असुली गर्दै जंगल भित्र रहेको खोलामा मलमुत्र बिर्सजन गर्न दिएको छ ।

ट्याईलेट सफा गर्ने दर्जनौ कम्पनीहरुले वुटवल धागो कारखाना अगाडी रहेको बन क्षेत्र भित्रको पानी बग्नेखोलामा मलमुत्र विर्सजन गर्दै आएका छन् । जस्का कारण बन क्षेत्र मात्र नभएर बग्र्दै गरेको पानीले तल्लो क्षेत्रमा पनि फोहर फैलाउने गरेको स्थानियको गुनासो छ ।
वुटवल उपमहानगरपालिका वडानं ७ का वडाअध्यक्ष पदम गाहाले शिवनगर सामुदायिक वनक्षेत्रमा मलमुत्र फाल्ने गरेको बिषय आफुलाई जानकारी नभएको बताए । म बुझछु यदि हो रहेछ भने म तत्काल बन्द गर्न लगाउछु वडाअध्यक्ष गाहाले भने ।
शिवनगर सामुदायिक वनका अध्यक्ष मनोज गौचनले वन क्षेत्रमा मलमुत्र बिर्सजन गर्न दिए वापत ट्वाईलेट सफा गर्ने कम्पनीहरु संग मासिक ५ हजार रुपैया लिने गरेको वताए ।
वुटवल उपमहानगर पालिकाको वन संग जोडिएको वडा संग लिने गरेका छैनौ अन्य संग महिनावारी रकम उठाउने गरेको उनले बताए । पहिले देखी यहि चलिआएको रहेछ मैले निरन्तरता दिए उनले भने । अहिले वनको आम्दानीको श्रोत बनेको छ वनका अध्यक्ष गौचनले भने ।