Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

सिद्धार्थनगरमा एडीवीको तेस्रो योजना लागु ,नगरपालीका र निमार्ण ब्यवसायी बिच सम्झौता , २३ किलोमिटर बढी सडक नाला बन्ने


  • लुम्बिनी चिन्तन
  • मंसिर २७, २०८१ बिहिवार
  • 412
    SHARES

सिद्धार्थनगरमा  एडीवीको तेस्रो योजना लागु ,नगरपालीका र निमार्ण ब्यवसायी बिच सम्झौता , २३ किलोमिटर बढी सडक नाला बन्ने


भैरहवा, मसिंर २७ । 
एसियाली बिकास बैक (एडीवी), नेपाल सरकार र सिद्धार्थनगर नगरपालीकाको सयुक्त लगानीमा सचांलन हुन लागेको युआरएलआईपी योजना अन्तरगतका विभिन्न सहरी सडक निमार्णका लागी नगरपालीका र निमार्ण बयबसायी बिच सझौता भएको छ । 
एक अर्व अठार करोडको लागतको उक्त योजनामा बिहीबार सिद्धार्थनगर नगरपालीका र निमार्ण कम्पनी ईकेके ईनफ्रास्टचर लिमीडेट भारत बिच सम्झौता भएको हो । सम्झौता पश्चात कार्यदेश पाएको ९ सय दिनभित्र निमार्ण कम्पनीले योजना सम्पन्न गरीसक्नु पर्नेछ । 
यो योजना अन्तरगत नाला, फुटपाथ, सेफ्टी रेलीङ्ग, खानेपाली, बिजुली, स्टेटलाईट, सडक कालोपत्रे, आरसिसि ढलान तथानगर सुन्दरीकरणका लगायतका कामहुने सिद्धार्थनगर नगरपालीकाका प्रमुखइस्तियाक अहमदखानले जानकारी दिए । उनले यो योजनालाई नगरको गौरवको आयोजनाको रुपमा लिईएको  र समयमै सम्पन्न गर्नको लागी निमार्ण कम्पनीलाई आग्रह समेत गरे । 
एडवीको ऋण लगानीमा ७५ प्रतिसत नेपाल सरकारको अनुदान, १८ प्रतिसत नगर विकास कोष र नगरपालीकाको ऋण सम्झौता तथा बाँकी ७ प्रतिसत नगरपालीकाको आन्तरीक स्रोतबाट लगानीहुने नगरपालीकाका योजना शाखाका ईन्जीनीयर साकार श्रेष्ठले जानकारी दिए । 
एनका अनुसार यसअघी एडीवीका आईयुडीपी र आरयुडीपीका योजना सफतापुर्वाक सम्पन्न गरे पश्चात नगरपालीकाले यो तेस्रो चरणको योजना सुरु गरेको हो । अघील्ला दुई योजनाको उत्कृष्ट ब्यबस्थापन गरे वापत नगरपालीका पुरस्कृत समेत भएको थियो । 
सिद्धार्थनगर नगरपालीकाकी उपप्रमुख उमा अधीकारीले नगरपालीकाको अथक प्रयासले गर्दा अन्यपालीकामा भन्दा सिद्धार्थनगरमा ठेक्का प्रकृर्या छिटो भएर योजना लागुहुने चरणमा पुगेको उल्लेख गर्दै निमार्णको क्रममा पनि नगरपालीकाले पुर्ण रुपमा सहजीकरण गर्ने बताईन । 
एडीवीको ऋण लगानीमा हुने युआरएलआईपी योजना रुपन्देहीका सिद्धार्थनगर सहीत तिलोक्तमा, देवदह, सैनामैना र लुम्बिनी सांस्कृतीक नगरपालीकामा पनि आएको छ । तर तिपालीकाहरुमा यो योजनाअहीले अध्यनकै क्रममा छ । भने सिद्धार्थनगरमा ठेक्का सम्झौता सम्मको चरणमा आएको हो । 
यो योजनाअन्तरगत बिभीन्न २७ बटा सडकतर्फ साढे तेहीस किलोमिटर बढी लम्वाईका सडक निमार्ण हुने छ । सडक तर्फ खासगरी सुगरमिल, सुकुनीपथ देखी डण्डा कोरीडोर जाने सडक, भिमकालीपथ, दुर्गा कोलीनीकाभित्री सडकहरु निमार्ण हुने छन् ।
 सिद्धार्थनगर नगरपालीकाका प्रमुख प्रशासकीय अधीकृत जनक थापाले सम्झौता पश्चात एक दुई महीनाभित्रमा नै यो योजना कार्यान्वयनको चरणमा जाने बताए । उनले यो योजना पुरा हुदानगरको बिकासमा धेरै अगाडी बढ्ने बताए । धेरै मेहनत गरेर नगरको रणनीतीक योजनालाई समयमै सुरु गर्न सफलभएको समेत उनले बताए । निमार्ण कम्पनीईकेके ईनफ्रास्टचर लिमीडेटका प्रतिनीधी विक्रम गौतमले नगरको गौरवको योजनालाई आफुहरुले समयमै पुरा गर्ने प्रतिबता जनाए । 


लुम्बिनी चिन्तन

थप समाचार