भैरहवा, १७ चैत्र ।
सिद्दार्थनगर नगरपालिका वडा न ५ ले आफ्नो वडा भित्रका ५५ जना जेष्ठ नागरिक, एकल महिला तथा अपाङ्गता भएकाहरुलाइ धार्मिक यात्रा सुरु गरेको छ । वडा अध्यक्ष अधिवक्ता पुरण प्रसाद श्रेष्ठका अनुसार उहाँहरुलाइ जनकपुरको जानकी मन्दिर दर्सन गराउन शुक्रबार साझ त्यसतर्फ प्रस्थान गरिएको छ । धार्मिक तिर्थयात्राको उक्त टोलिलाइ सिद्दार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खान बिदाइ गर्दै यात्रा सफलताको शुभकामना व्यक्त गर्नुभयो । धार्मिक यात्रामा ५५ जनाको सहभागिता रहेको छ ।