Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

फ्लाई दुबई, थाइ एयर एशिया र कतार एयरवेजले गौतमबुद्ध अन्तराष्ट्र्रिय बिमानस्थलमा उडान रोके , पर्यटन ब्यावसायिहरु चिन्तीत 


  • लुम्बिनी चिन्तन
  • चैत्र १६, २०८१ आइतवार
  • 402
    SHARES

फ्लाई दुबई, थाइ एयर एशिया र कतार एयरवेजले गौतमबुद्ध अन्तराष्ट्र्रिय बिमानस्थलमा उडान रोके , पर्यटन ब्यावसायिहरु चिन्तीत 

भैरहवा चैत्र १७,

आईतवार देखी गौतमबुद्ध अन्तराष्ट्र्रिय विमानस्थलमा बिदेशी तिन एयरलाईन्से आप्नौ उडान हटाएका छन् ।

फ्लाई दुबई, थाइ एयर एशिया र कतार एयरवेजले आईतवार देखी उडान रोके लगतै गौतमबुद्ध बिमानस्थलको अन्तर्राष्ट्रिय कक्ष करिव तिन महिनाका लागी खाली हुने भएको छ । नियमित उडानका लागी केही हप्ता अगाडीनै  टिकट खुल्ला हुनु पर्नेमा सरकारले पहलनै नगरेको रुपन्देहीका पर्यटन ब्यावसायिहरुको गुनासो छ ।

अन्तर्राष्ट्रिय उडान गरिरहेका जजिरा एयरवेज र फ्लाई दुबईले शनिवार अन्तिम उडान गरेका थिए । अन्तिम उडानमा शनिवार जजिरा एयरवेजले १५६ जना यात्रु लिएर भैरहवा आएको थियो भने  १६६ जना भैरहवाबाट कुवेत प्रस्थान गरेका थिए । जजिरा एयरवेजका लागी यात्रुहरुको यो संख्या राम्रो हो ।

फ्लाई दुबईको जहाजबाट आएका ४२ जना भैरहवा झरेका थिए भने  ३७ जना भैरहवाबाट दुबई प्रस्थान गरेका थिए । जहाजमा १०७ जना काठमाडौंका यात्रु थिए ।

गत कात्तिकदेखि जजिरा एयरवेजले भैरहवामा पुन नियमित उडान थालेको थियो । फ्लाई दुबई, थाइ एयर एशिया र कतार एयरवेजले पनि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरु गरेका थिए । कतारको उडान पुसबाट रोकिएको थियो ।

थाई एयर एशियाले यही चैत्र ११ गते सोमबारसम्म उडान गरेको थियो । सातामा ३ पटक कुबेत भैरहवा कुवेत उडान गर्ने जजिरा र दुबई भैरहवा काठमाडौं दैनिक उडान गरेका फ्लाई दुबईले शनिवार यो विन्टर सिजनकै अन्तिम उडान गरेका थिए ।

अप्रिल देखी अक्टोवर सम्म हुने समर सेड्युलको लागि उनीहरुले नागरिक उड्यन प्राधिकरणसँग अनुमती लिएका थिएन्न् । बिमान कम्पनीहरुले तिन महिनाका लागी पहिलेनै अनुमती लिने गर्दछन् । अप्रिल देखी अक्टोवर सम्म गौतमबुद्ध अन्तराष्ट्र्रिय बिमानस्थल सुनसान हुने निश्चीत भएको छ ।  यस बिषयमा सरकारले पनि चासो नदेखाएको पर्यटन ब्यवसायिहरुको भनाई छ ।  अब उडान कहिले हुन्छ भन्ने टुंगो छैन। 

 


लुम्बिनी चिन्तन

थप समाचार